

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकको बढ्दो खाद्यान्न आयात कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले कोदो खेतीमा अग्रसर हुन कृषकहरुलाई आग्रह गर्नु भएको छ ।
पहिलो राष्ट्रिय कोदो दिवसका अवसरमा मन्त्री अधिकारीले बढ्दो आयातको खाडल कम गर्न र निरोगी नेपालको लक्ष्य हासिल गर्न कोदो खेती सबैभन्दा उत्तम विकल्प भएको बताउनु भयो ।
सरकारले श्रावण १६ लाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाउने निर्णय गरेबमोजिम आज प्रथम कोदो दिवस मनाउँदै छ ।
मन्त्री अधिकारीले जलवायु परिवर्तनका कारणले उत्पन्न सुख्खा तथा खडेरीजस्ता अवस्थामा पनि कोदो उत्पादनमा कुनै असर नपर्ने भएकाले कोदो खेती प्रवद्र्धन गर्न सरकारले कार्यक्रम र बजेटसहित कृषकसंग सहकार्य अघि बढाउने निर्णय गरेको पनि जानकारी दिनुभयो ।
गत वर्ष २ लाख २५ हजार हेक्टरमा भएको कोदो खेतीबाट ३ लाखबढी मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष त्यो तथ्याँकमा उल्लेख्य रुपमा वृद्धि गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।
हरेक वर्ष ५० अर्ब बढी रुपैयाँ धान चामलको आयातमा विदेशिने गरेकोमा यस वर्ष सुख्खाले थप २० प्रतिशत धान उत्पादन घढ्ने भएकाले सम्भावित खाद्यान्न संकट न्यूनीकरण गर्न कोदो उत्पादन अभियानमा सबै किसान जोडिनु आवश्यक भएको उहाँले बताउनु भयो ।
मधेश प्रदेशसहित तराई मधेशमा तीनै तहको सरकारको समन्वयमा ५ सयबढी डिप ट्यूबेल जडानको काम शुरु भैसकेको र सिँचाई प्रवन्ध हुन नसक्ने जमिनमा सुख्खामा पनि लगाउन मिल्ने जातका धान खेती गर्न नार्क र सम्पन्धित निकायहरुले प्रक्रिया अघि बढाइसकेको मन्त्री अधिकारीले जानकारी दिनु भयो ।
कतिपय ठाउँमा रासायनिक मल लिन दिनभर लाइनमा बसेका किसान नपाएर साँझ रित्तै बोरा फर्कनु परेको रेडियो नेपालको जिज्ञासामा मन्त्री अधिकारीले २७ अर्ब ३६ करोड रुपैयाँको रासायनिक मल खरिद गरि वितरण भैरहेकाले विगतका वर्षहरुमा भन्दा अभावको गुनासो कम आएको बताउनु भयो ।
उहाँले आफू राष्ट्रसंघीय कृषिसम्वन्धी छलफलमा सहभागी भै हिजो साँझमात्र मुलुक फर्केको जानकारी गराउँदै मन्त्री अधिकारीले सम्मेलनमा जलवायु प्रकोपको समुत्थान,वैकल्पिक खेती , खाद्य सुरक्षा लगायतका विषयमा छलफल भएको र त्यसले वर्तमान विषम अवस्था अन्त्य गर्न विश्व समुदाय एक भै अघि बढ्ने सहमति भएको बताउनु भयो । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |