

काठमाण्डौं । सरकारले उखु किसानहरुलाई प्रोत्सहान,अनुदान वापतको रकम आज निकासा गरेको छ ।अर्थ मन्त्रालयले यस वापत ७५ करोड ४९ लाख ३८ हजार २सय ४० रुपैया निकासा गरेको हो।
निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यलय मार्फत किसानको बैंक खाता मार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्री परिषदको बैठकले यस पटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैया अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाई गरेको थियो ।
यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौ केन्द्रित आन्दोलन गर्दे आएका छन ।यसअघि उखु किसानहरुले प्रति क्विन्टल ७० रुपैया प्रोत्साहन स्वरुप पाउदै आएका थिए ।
कृषि मन्त्रालयले उखु किसानलाई यतिनै रकम उपलब्ध गराउन मन्त्री परिषदमा प्रस्ताव लगेको भएपनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा ३५ रुपैया उपलब्ध गराउने निर्णय भएको थियो ।
यसैवीच काठमाडौैंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधि वीच सिहंदरवार स्थित मन्त्रालयमा वार्ता भएको छ ।वार्तामा मन्त्रालयका तर्फवाट कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह , मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल र उधोग मन्त्रालयका प्रतिनिधि सहभागी हुनुहुन्छ भने उखु किसानका तर्फवाट श्यामवावु राय लगायत सहभागी हुनुहुन्छ ।
यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आजै उपमहानिर्देशक सिंहको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गर्नुभएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |