

आफ्ना ट्विटका कारण बारम्बार चर्चामा रहने टेस्लाका मालिक एलोन मस्क फेरि एकपटक चर्चामा छन् । तर यसपटक न त टेस्ला, न स्पेस एक्स र न ट्विटर नै यसको कारण बनेको छ ।
मस्क यसपटक आफ्नो परफ्युमका कारण चर्चामा छन् । उनले अब अत्तरको व्यवसायमा प्रवेश गरेका छन् र आफ्नो ट्विटर प्रोफाइलमा आफूलाई ‘परफ्युम सेल्सम्यान’ बनाएका छन् ।
मस्कले ‘बर्न लाइट’ नामक परफ्युम लन्च गरेका छन् र उनले आफ्नो ट्विटर अकाउन्टमा यो जानकारी दिएका छन् ।
मस्कले यो परफ्युम ओम्निजेन्डर अर्थात् पुरुष र महिला दुवैले प्रयोग गर्न सक्ने बताए । रोयटर्सका अनुसार ‘बर्न हेयर’ अत्तरका १० हजार शीशी केही घण्टामै बिक्री भएको थियो, जसको मूल्य १० लाख डलर (लगभग ८२.२२ करोड रुपैयाँ) थियो।
यो अत्तरको प्रति बोतलको मूल्य १०० डलर (लगभग ८ हजार रुपैयाँ) रहेको छ र यो वर्ष २०२३ को पहिलो त्रैमासिकदेखि सर्वसाधारणले पाउन थाल्नेछ ।
यसअघि एलोन मस्कले आफ्नो ब्राण्डको टकीला ‘टेस्ला टकीला’ लन्च गरिसकेका छन्।उनको सामाजिक सञ्जाल ट्विटर किन्ने कुरा पनि चलेको छ। यद्यपि, यस सम्झौताको बारेमा निश्चित रूपमा केही खुलाइएको छैन।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |