

धादिङ,०५ माघ ।
नेकोस बागमती प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगितामा धादिङले विजयी सुरुवात गरेको छ । रामेछापस्थित मन्थलीमा आज भएको पहिलो चरणको खेलमा नुवाकोटलाई २–० को सोझो सेटमा हराउँदै धादिङले विजयी सुरुवात गरेको हो । धादिङले नुवाकोटबिरुद्ध २५–१७ र २५–१८ को जित निकाल्यो। धादिङले आजै दोस्रोे खेल सिन्धुलीसँग खेल्ने छ ।
नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको आयोजनामा हिजोदेखी रामेछापमा सुरु भएको प्रतियोगितामा ४ समुह बनाएर खेलाईएको छ । समुह ए मा धादिङ, नुवाकोट र सिन्धुली रहेको छ । समुह बी मा रामेछाप, चितवन र काठमाडौं, समुह सी मा सिन्धुपाल्चोक, रसुवा र दोलखा र समुह डी मा काभ्रे र मकवानपुर छन् ।
प्रत्येक समुह विजेता अर्को चरणमा प्रवेस गर्ने छन् । प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका १३ टिमले भाग लिएका छन । एक टिममा १२ जना खेलाडी सहभागी भएकोे प्रतियोगितामा १ सय ५६ जना खेलाडीको सहभागीता रहेको आयोजकले जनाएको छ । चार दिनसम्म चल्ने यो प्रतियोगिताको विजेता टोलीले २ लाख नगदसहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ ।
त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्।साथै प्रत्येक सहभागी समूहलाई सहभागी भएबापत प्रतिसमुह २५ हजार र सेमी फाइनलमा पुगेका समुहलाई थप रु २५ हजार आयोजकले दिने योजना रहेको नेपाल खेलकुद महासङ्घ बागमती प्रदेशका अध्यक्ष सीताराम कार्कीले बताउनुभयो ।
प्रतियोगितामा धादिङबाट अमन आले (सिद्धलेक), प्रदिप थापा (सिद्धलेक), विदुर इटनी (सिद्धलेक), शिरिस तामाङ (खनियाबास), मिलन घले (खनियाबास), मनोज श्रेष्ठ (गंगाजमुना), विजय गुरुङ (गंगाजमुना), मुक्ती तामाङ (रुबीभ्याली), सम्राट श्रेष्ठ (नीलकण्ठ) रहेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |