

धादिङ,२६ बैशाख ।
अखिल नेपाल किसान महासंघको जिल्ला अध्यक्षमा विष्णुहरी लम्साललाई नियुक्त गरिएको छ ।
किसान महासंघको महाधिवेशनले जिल्ला अध्यक्ष कमल गुरुङलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेपछि बसेको जिल्ला कमिटि बैठकले जिल्ला कमिटि पुर्नगठन गरेको हो ।
जिल्ला कमिटि उपाध्यक्षमा रमेश नेपाल र रामजी आचार्य, सचिवमा बद्री इटनी, उपसचिवमा कुमारी गुरुङ र विनेश तामाङ र कोषाध्यक्षमा धनबहादुर गुरुङलाई चयन गरिएको छ । किसान महासंघको कामलाई प्रभावकारी बनाउन १४ ओटा विषयगत समितिहरुसमेत गठन गरिएको छ ।
महासंघको दुध उत्पादन किसान संघको संयोजकमा गणेश खतिवडा, जडिबुटी किसान संघको संयोजकमा धनबहादुर गुरुङ, पंछीपालक किसान संघको संयोजकमा गौतम खतिवडा, पशुपालक किसान संघको संयोजकमा विष्णुप्रसाद सिलवाल, च्याउ उत्पादक किसान संघको संयोजकमा सुदन खतिवडा, सिंचाइ तथा जल उपभोक्ता किसान संघको संयोजकमा रमेशप्रसाद थपलिया, मसलाबाली किसान संघको संयोजकमा गणेश गीरी, महिला विकास किसान संघको संयोजकमा शुशिला बराम, खाद्य बाली किसान संघको संयोजकमा हुमकुमारी गुरुङ, फलफुल उत्पादक किसान संघको संयोजकमा डिलबहादुर सिरमल, युवा किसान संघको संयोजकमा राजु गन्द्रमा मगर, तरकारी बाली किसान संघको संयोजकमा प्रेम घलेलाई तोकिएको छ ।
महासंघका केन्द्रीय अध्यक्ष डा.प्रेम दंगालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा एमाले धादिङका नेताहरुको उपस्थिती रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |