

धादिङ,२७ बैशाख।
गल्छी गाउँपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण सुरु गरेको छ ।
कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्नका लागि ५० प्रतिशत अनुदानमा खरिद गरिएका मिनि टिलर १ सय ४५ ओटा वितरण गरिएको कृषि प्राविधिक टिकाराम खतिवडाले जानकारी दिनुभयो ।
गाउँपालिकाले वडा नम्बर ८ का ११२ जनालाई, वडा नम्बर ७ का ४ जनालाई, वडा नम्बर १ का ३ जनालाई,वडा नम्बर ५ का १६ जनालाई १३ हजार ९ सय तिरेर अनुदानमा पाएका ७ हर्जपावरका पेट्रोलबाट चल्ने मिनिटिलर वितरण गरिएको छ ।
यसैगरि किसानले २४ हजार २ सय ५० तिरेर ७ हर्जपावर क्षमताको डिजेल इन्जीन मिनिटिलर वडा नम्बर ४ का ९ जना र वडा नम्बर ८ मा १ जनालाई वितरण गरिएको छ ।
गाउँपालिकाले इबिडिङ मार्फत टेण्डर आब्हान गरेपछि ठेकेदार कम्पनीले पालिकामा उपलब्ध गराएको सामाग्री किसानहरुलाई वितरण सुरु गरेको हो ।
गाउँपालिकाले ७ हर्जपावरका १ सय २८ डिजल इन्जिन मिनिटिलर वितरण गर्ने छ । किसानले १३ हजार ५ सय तिरेर १ सय २५ थान कम्बाइन्डमिल, ६ हजार तिरेर १५ थान मकै छोडाउने मेसिन, ८ थान ब्रस कटर, ४ हजार ४ सय ७ रुपैयाँ तिरेर १२ थान डिजिटल तराजु,६ हजार तिरेर २ थान फुटस्प्रेयर, २ हजार तिरेर ४ थान मकै रोप्ने मेसिन र २४ हजार तिरेर ११ थान कोदो चुट्ने मेसिन वितरण गर्ने योजना रहेको खतिवडाले जानकारी दिनुभयो ।
पालिकाले ५० प्रतिशत व्यहोरेपछि किसानले ५० प्रतिशत रकम बुझाएर सामाग्री लगेका हुन् । कृषि औजार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष केदार खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारी लगायतको सहभागिता रहेको थियो।
कृषिलाई आधुनिकिकरण गर्दै कृषि पकेट क्षेत्र विकास गरि जनताको आम्दानी बढाउन कृषि यन्त्रहरु मागको आधारमा वितरण गरिएको गाउँपालिका अध्यक्ष खतिवडाले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |