

काठमाडौं,११ ज्येष्ठ ।
मिसेस तामाङ २०२४ सिजन–५ को अडिसन यही जेठ १३ देखी हुने भएको छ ।
बिगत ९ बर्ष देखि प्रतियोगिता आयोजना गर्दै आएको एस.के. इन्टरटेनमेन्ट प्रा.लिले १३ गते शनिबार “मिसेस एण्ड मिस तामाङ–२०२३” को अडिसन हुने आयोजक संस्थाकी प्रबन्ध निर्देशक शान्ता तामाङले बताइन्।
तामाङ जातिको कला संस्कृति भेषभूषा, रिति–रिवाज एवम रहन–सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित तामाङनी, गृहिणी/व्यवसायिक महिला दिदि–बहिनि मार्फत अन्य जनजाती, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उद्धेश्यले आयोजना गरिदै आएको मिसेस एण्ड मिस तामाङ समग्र जनजातिहरुको प्रतिनिधित्वमुलक सौन्दर्य प्रतियोगिता भएको तामाङले बताइन्।
उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनेसहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामा समेत सहभागिता हुन पाउने छन् ।
प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ। जसमा नेपालका ख्याति प्राप्त चर्चित फेसन कोरियोग्राफर ट्रेनरबाट प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।
प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ ।
प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिस्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा ट्रेनिङबाट सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउछिन् ।
यस सौन्दर्य प्रतियोगीताले गुरुङ विवाहित नारी, युवा युवतीहरुबीच व्यक्तित्व विकास र आफुसंग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छिन् । इच्छुक प्रतियोगीहरुले एस.के. इन्टरटेनमेन्ट प्रालिको कार्यलय सामाखुसी काठमाडौं बाट फर्म लिएर भाग लिन सक्ने उहाँले बताउनुभयो।
एस.के.इन्टरटेनमेन्ट प्रालिको अध्यक्ष युवा नेत्री समाजसेवी तथा नायिका तामाङ महिला सशक्तिकरणको एक दरिलो आवाज हुन्। सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै लाखौँ महिला दिदीबहिनीहरुको मन जित्न सफल युवा व्यक्तित्व रहेकी छिन।
जनजाति महिला दिदि बहिनिहरुलाई आफ्नो भाषा, कला संस्कृतिको जगेर्ना गर्दै उनीहरुको क्षमता र व्यक्तित्वलाइ उजागर गर्ने कार्यमा उनको ठुलो योगदान समेत रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |