Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ ३०, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१ दिन अघि
२

मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

१ दिन अघि
३

सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

३ दिन अघि
४

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ दिन अघि
५

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ दिन अघि
६

गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन

३ दिन अघि
७

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
८

टासी आ.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण

४ दिन अघि
९

विभेदकारी नीति विरुद्ध धादिङका पत्रकारको बिरोध

५ दिन अघि
१०

गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट दोस्रो विदेशी प्लेयर घोषित

५ दिन अघि
११

रास्वपा धादिङको सभापतीमा राजन अर्याल

६ दिन अघि
१२

नीलकण्ठद्वारा एसईई र BLE मा ४ जिपिए ल्याउने विद्यार्थीसँगै शतप्रतिशत नतिजा ल्याउने विद्यालय र शिक्षकलाई नगदसहित सम्मान

१ हफ्ता अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

२ हफ्ता अघि
४

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

२ हफ्ता अघि
५

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२ हफ्ता अघि
६

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

१ हफ्ता अघि
७

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
८

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ दिन अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

१ हफ्ता अघि
१०

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ दिन अघि
११

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

३ हफ्ता अघि
१२

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ हफ्ता अघि

एक पालिका एक सहुलियत खाद्य पसल खोल्न सिफारिस

  • Default Profile
  • बागमती कलम
  • ८२७ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक १०, बिहिबार (३ साल अघि)
Post Thumbnail

राष्ट्रिय योजना आयोगले एक पालिका एक सहुलियत खाद्यान्न पसल खोल्न सरकारलाई सिफारिस गरेको छ । नागरिकको खाद्य सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि आयोगले “आपूर्ति नीति २०६९ को पुनरावलोकन अध्ययन प्रतिवेदन २०७९” मार्फत् यस्तो सिफारिस गरेको हो ।

एक दशकअघिबाट कार्यान्वयनमा ल्याइएको राष्ट्रिय आपूर्ति नीतिका अधिकांश व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा आउन नसकेकाले त्यसलाई पुनरावलोकन गर्नु आवश्यक रहेको प्रतिवेदनमा जनाइएको छ । विद्यमान आपूर्ति नीतिमा खाद्य सुरक्षाका लागि सरकारले कम्तीमा २५ हजार मेट्रिक टन खाद्यान्नको मौज्दात राख्नुपर्ने लक्ष्य भएपनि त्यो पूरा हुन नसकेको तथा सहुलियत पसलको सङ्ख्या बढ्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

“खाद्य सञ्चितिमा नेपाल सरकारको सार्वजनिक संस्थान र प्रदेश सरकारसँग समन्वय गरी प्रदेशगत रुपमा खाद्य भण्डारण गर्ने र यस कार्यमा प्रदेशलाई बढी जिम्मेवार बनाउनुपर्ने देखिन्छ”, प्रतिवेदनमा भनिएको छ, “ आधारभूत वस्तु तथा सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्दै दुर्गम र पछाडि पारिएको क्षेत्रलाई विशेष प्राथमिकता दिई योजनावद्ध आपूर्तिको व्यवस्था गरिनुपर्छ ।”

नेपालको संविधानले हरेक नेपाली नागरिकलाई खाद्यको हक सम्बन्धी व्यवस्था गरेको भए पनि त्यसको कार्यान्वयन सुस्त भएकाले अब खाद्य वस्तुको वितरणमा स्थानीय तहलाई जिम्मेवार बनाइनुपर्ने आयोगको निष्कर्ष छ । सार्वजनिक र निजी क्षेत्रसँगको साझेदारीमा एक पालिकामा कम्तिमा एउटा सहुलियत पसल खोली आवश्यक खाद्यान्न वस्तु प्रति परिवार तोकेको सहुलियत मूल्यमा बिक्री गर्ने प्रबन्ध मिलाउनुपर्ने उसको सुझाव छ । यस्ता सहुलियत पसलमा चामल, पिठो, दाल, नुन, तेल जस्ता पदार्थ अनिवार्य रुपमा राख्नुपर्नेछ ।

त्यस्तै, खाद्य सुरक्षाका लागि स्थानीय वस्तुको उत्पादन र सञ्चय बढाउनुपर्ने तथा स्थानीयस्तरमा नै खरिद गरी वितरण गर्ने व्यवस्था गनुपर्ने प्रतिवेदनमा उल्लेख छ । स्थानीय उत्पादनबाट अपुग भएमा मात्र आयात गर्ने नीति सरकारले लिनुपर्ने पनि आयोगको सुझाव छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको संयन्त्रले मात्रै बजार अनुगमन प्रभावकारी हुन नसकेको विषय पनि प्रतिवेदनमा औल्याइएको छ । “उपभोक्ता हित संरक्षण ऐनले बजार अनुगमनमा प्रदेश र स्थानीय तहलाई समेत संलग्न गराउन खोजे पनि समुचित कार्य हुन नसकेको तथा तहगत जिम्मेवारी स्पष्ट नभएको अवस्था छ”, प्रतिवेदनमा भनिएको छ, “सार्वजनिक वितरण प्रणालीलाई बढी जोड दिने तथा खाद्य अधिकार र खाद्य सुरक्षालाई ध्यानमा राख्दै सार्वजनिक वितरण, खाद्य सुरक्षा तथा पोषण समेटी नयाँ नीति तय गर्नुपर्ने आवस्यकता छ ।” वस्तु तथा सेवाको मूल्य निर्धारण गर्न उपयुक्त बजार हस्तक्षेपको संयन्त्र परिचालन गर्दै मूल्य स्थिरता कायम गर्न सकिने सुझाव आयोगको छ ।

त्यसैगरी, आधारभूत वस्तु तथा सेवाको सूचीमा समयानुकुल परिवर्तन गर्ने र न्यूनतम परिमाणको वार्षिक खाद्य सञ्चिति परिमाण तोकी त्यस्ता वस्तुको समर्थन मूल्यमा खरिद गर्न एक खाद्य आपूर्ति कोष स्थापना गर्न पनि सरकारलाई सुझाव दिइएको छ । यस्तो कोष स्थापना गर्न सङ्घ सरकारले प्रदेश सरकारलाई ऋण दिने गरी रकम विनियोजन गर्न सक्नेछ ।

आधारभूत वस्तु तथा सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्दै दुर्गम र पछाडि पारिएको क्षेत्रलाई विशेष प्राथमिकता दिन पनि सुझाव दिइएको छ । त्यसका लागि दुर्गम तथा पिछडिएको क्षेत्रका लागि आवस्यक वस्तु सहुलियत दरमा उपलब्ध गराउन सरकारले ढुवानी अनुदानसमेत उपलब्ध गराउनुपर्नेछ ।

अध्ययन प्रतिवेदनअनुसार राष्ट्रिय खाद्य कार्ययोजनाका आधारमा आवश्यक वस्तु तथा सोको परिमाण पालिकागत आधारमा तय गरिनेछ । सोही आधारमा रणनीतिक सञ्चय क्षेत्र तोकी आवश्यक वस्तुको सञ्चय र वितरण गर्ने व्यवस्था मिलाउनसमेत सुझाव दिइएको छ ।-रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • pakrau

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

  • malekhu-mugling-sadak-pul

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

  • patrakaraandlon-dhd

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

  • pakrau-mahila-purus

    झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

  • समाचार
  • १

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ
    १ दिन अघि

  • २

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी
    १ दिन अघि

  • ३

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना
    ३ दिन अघि

  • ४

    झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ
    ३ दिन अघि

  • ५

    घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ
    ३ दिन अघि

  • ६

    गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन
    ३ दिन अघि

  • ७

    धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते
    ४ दिन अघि

  • ८

    टासी आ.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण
    ४ दिन अघि

  • ९

    विभेदकारी नीति विरुद्ध धादिङका पत्रकारको बिरोध
    ५ दिन अघि

  • १०

    गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट दोस्रो विदेशी प्लेयर घोषित
    ५ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution