Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ ३०, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१ दिन अघि
२

मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

१ दिन अघि
३

सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

३ दिन अघि
४

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ दिन अघि
५

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ दिन अघि
६

गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन

३ दिन अघि
७

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
८

टासी आ.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण

४ दिन अघि
९

विभेदकारी नीति विरुद्ध धादिङका पत्रकारको बिरोध

५ दिन अघि
१०

गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट दोस्रो विदेशी प्लेयर घोषित

५ दिन अघि
११

रास्वपा धादिङको सभापतीमा राजन अर्याल

६ दिन अघि
१२

नीलकण्ठद्वारा एसईई र BLE मा ४ जिपिए ल्याउने विद्यार्थीसँगै शतप्रतिशत नतिजा ल्याउने विद्यालय र शिक्षकलाई नगदसहित सम्मान

१ हफ्ता अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

२ हफ्ता अघि
४

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

२ हफ्ता अघि
५

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२ हफ्ता अघि
६

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

१ हफ्ता अघि
७

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
८

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ दिन अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

१ हफ्ता अघि
१०

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ दिन अघि
११

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

३ हफ्ता अघि
१२

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ हफ्ता अघि

जिम्मेवारी एकातिर आश्वासन अर्कातिर :साना दलका आआफ्नै चुनावी एजेण्डा

  • Default Profile
  • बागमती कलम
  • ७२४ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक २६, शनिबार (३ साल अघि)
Post Thumbnail

आगामी मङ्सिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारले यसपटक पनि मतदाता समक्ष मत माग्ने क्रममा कानुन बनाउने मूल जिम्मेवारीभन्दा विकास निर्माणकै एजेण्डा प्रस्तुत गरेको पाइएको छ ।

प्रतिनिधिसभा होस् वा प्रदेशसभा सदस्यमा चुनिने जनप्रतिनिधिको मुख्य कार्यभार कानून बनाउने रहेता पनि मतदाता समक्ष राजनीतिक दल र उम्मेदवारले विगतकै शैलीमा पूर्वाधार विकास, स्वास्थ्य र शिक्षाका एजेण्डा देखाएर भोट मागिरहेका छन् । संविधानसभा सदस्य रामनारायण विडारीले प्रधानमन्त्री, मुख्यमन्त्री, पालिका प्रमुखमा चुनाव लड्नेले यस्तो विकास निर्माण गर्छु भन्ने बाहेक अरु बाँकी जति सबैले विकास निर्माण गर्छु भनेर कुरा गर्नु भनेको मतदातालाई शुरुमै अलमल्याउने भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मतदान गर्दा उम्मेदवारहरुले उठाउने विषयमा मतदाता सचेत हुनुपर्छ, विधायकको निर्वाचन भएकाले कृषि, उद्योग, श्रम, वातावरण र वनलगायतका विषयमा कानुन कस्तो बनाउने भनेर जनता समक्ष प्रतिबद्धता व्यक्त गर्नुपर्ने थियो ।” राजनीतिक दल र उम्मेदवारले संविधानका केही प्रावधानबारेमा उठेका प्रश्नलाई सम्बोधन गर्न ती प्रावधान सशोधन गर्न पहल र प्रयास गर्छु भन्नुपर्नेमा सोझा जनतालाई विकास निर्माण गर्ने आश्वासनका पुलिन्दा बाड्नुलाई विज्ञहरुले सही कर्म नभएको भनी आलोचना गर्नुभएको छ ।

राजनीतिक दलले आफ्नो पक्षमा मतदातालाई आकर्षण गराउन राजनीतिक स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्थाका मुद्दालाई पनि दोह¥याइरहेको पाइएको छ । मुलुकमा भएको अघिल्लो चुनावमा प्राप्त मतका आधारमा ठूला मानिएका राजनीतिक दल मात्र नभएर भरखर पहिलो पटक निर्वाचनमा भाग लिएका नवप्रवेशी दलबाट पनि यस्ता आश्वासन दिएको देखिएको छ । चुनाव चिह्न ‘चुरा भएको हातको नमस्कार’ र भानुराम डगौरा थारु अध्यक्ष रहेको नेपाल लोकतान्त्रिक पार्टीले यस निर्वाचनमा सङ्घ र प्रदेशमा ३५ उम्मेदवार उठाएको छ । पहिचानसहितको सङ्घियता, १० प्रदेश, जिल्लागत संरचनाको खारेजी, पूर्ण समानुपातिक निर्वाचन प्राणाली, निःशुल्क स्वास्थ्य र शिक्षाको सुनिश्चिताको एजेण्डा प्रस्तुत गरेर मतदाता समक्ष सो पार्टी गएको छ । उक्त दलले मुलुकको महत्वपूर्ण सम्पत्ति हिमाल अरोहणका लागि खुला नगरी दृश्य अवलोकन मात्र गर्नुपर्छ भन्ने मान्यता राखेको छ ।

चुनाव चिह्न गैँती र पार्टी अध्यक्ष मानध्वज गुरुङ रहेको नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) ले क्रान्तिकारी भूमिसुधार, आम विद्युतीकरण र राष्ट्रिय औद्योगिकरणकमार्फत नयाँ जनवादी व्यवस्थाको मुद्दा लिएर यसपटक नौ उम्मेदवार मत माग्न जनताको घरदैलोमा पठाएको छ । पूर्ण समानुपातिक निर्वाचन, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुलुकमा व्याप्त भ्रष्टाचार रोक्ने एजेण्डासहित जनतासँग भोट मागिरहेको छ ।

चुनाव चिह्न त्रिशुल र अध्यक्ष देवप्रकाश त्रिपाठी रहनुभएको एकीकृत शक्ति नेपालले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १३ र समानुपातिकतर्फ ३४ सिटमा उम्मेदवारी उठाएर राष्ट्रिय एकता बलियो तुल्याउन तथा आर्थिक बोझ घटाउन दुई तहको सरकारको पक्षमा मतदान गर्न मतदातालाई आह्वान गरेको छ । जातीयवाद अवधारणाको अन्त्य, नेपालको विशिष्ट पहिचानका रुपमा रहेको तराई–पहाड जोड्न वैदिक सनातन हिन्दू राष्ट्रको पक्षमा वकालत गर्दै आएको उक्त पार्टीले अभिभावकीय राज्यप्रणाली एवं हरेक नागरिकले आफनो संरक्षकत्वको अनुभूति गरेको महसुस गर्ने स्थायी संस्था आवश्यक रहेको जनाउँदै आएको छ ।

नेपाल दलित पार्टीले सबै खाले विभेद अन्त्य गर्न तथा नेपाल र नेपालीको स्वाभिमानलाई कायम राख्न मतदाता समक्ष आह्वान गर्दै प्रतिनिधिसभा सदस्यतर्फ ४७ सिटमा उम्मेदवारी दिएको छ । मेघबहादुर कामी अध्यक्ष रहेको उक्त पार्टीको चुनाव चिह्न गितार रहेको छ ।

अध्यक्ष सुशिलमान शेरचन र चुनाव चिह्न करुवा रहेको नेपाली कांग्रेस बिपीले संवैधानिक राजतन्त्र, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद कायम गर्न तथा अहिलेको मिश्रित निर्वाचन प्रणाली खारेजी र चुनावी स्वतन्त्र सरकार गठन हुनुपर्छ भन्ने मुद्दा लिएर निर्वाचनमा होमिएको छ । उक्त पार्टीले मुलुकका ३५ जिल्लाका दुवै निर्वाचन र दुवै तहमा गरी दुई सय ६८ जना उम्मेदवार बनाएको छ । डा इन्द्रबहादुर थापा मगर अध्यक्ष तथा चुनाव चिह्न लाटोकोशेरो रहेको नेश्नलिष्ट पिपल्स पार्टीले ३७ जिल्लामा एक सय सात उम्मेदवार खडा गरेको छ । नवपरिवर्तनीय प्रत्यक्ष जनतान्त्रिक शासन व्यवस्थाको वकालत गर्दै आएको उक्त पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, आलङ्कारिक राष्ट्रपति तथा दुरगामी असर पर्ने खालका प्रत्येक निर्णय जनमत सङ्ग्रहद्वारा टुङ्ग्याउनुपर्छ भन्ने मान्यतामा अडिग रहेको छ ।

चुनाव चिह्न गाग्रो तथा अध्यक्ष रुक्मिणि चौधरी रहेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)ले विभेदपूर्ण संविधानका धारा र कानुन संशोधन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित राष्ट्रपति, जातीय जनसङ्ख्याको आधारमा अधिकारको बाँडफाँडका मुद्दा लिएर निर्वाचनमा होमिएको छ । नेपाल सुशासन पार्टीले वर्तमान संविधान र निर्वाचन प्रणालीमा सुधार गर्दै राष्ट्र र जनहितका लागि इमान्दार भएर काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ । अध्यक्ष रमेश खरेल रहेको उक्त पार्टीले प्रतिनिधिसभामा ५५ र प्रदेशसभा सदस्यमा १३ उम्मेदवार खडा गरेको छ ।

पिछडा वर्गदेखि मसिहा पार्टीसम्मको चुनावी तयारी

आगामी निर्वाचनमा तराई–मधेस लोकतान्त्रिक पार्टी नेपाल, नेपाल जनता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, पिछडा वर्ग निषद दलित जनजाति पार्टी, राष्ट्रिय सद्भावना पार्टी, नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, सामाजिक लोकतान्त्रिक पार्टी, नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक), नेपाल कम्युनिष्ट पार्टी, बहुजनशक्ति पार्टी, जनता समाजवादी पार्टी नेपाल र इतिहासिक प्रजातन्त्र जनता पार्टी नेपालले पनि चुनावी घोषणापत्रका साथ मतदातासँग आफ्नो पक्षमा भोट मागिरहेका छन् ।

नेपाली जनता दलले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सामाजिक न्याय, सबैमा समान हकअधिकार कायम हुनुपर्छ भन्ने मुद्दा लिएर जनताको घरदैलोमा पुगेको छ । हरिचरण साह पार्टी अध्यक्ष रहेको उक्त दलले आफ्नो पार्टी विजयी भएमा रोजगारीका लागि लाखौँको सङ्ख्यामा विदेशीएका युवालाई स्वदेशमै रोजगारी दिलाउन प्रयत्न गर्ने जनाएको छ । उक्त दलले समानुपातिकतर्फ सात र प्रत्यक्षतर्फ सात उम्मेदवार उठाएको छ ।

देशभक्त लोकतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय समाजवादी पार्टी नेपाल, विवेकशील साझा पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (लोहियावादी), जनजागरण पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी, समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, सामाजिक एकता पार्टी, नेपाल कम्युनिष्ट पार्टी(समाजवादी) र त्रिशुल पार्टीले पनि जनतालाई आफ्नो पक्षमा मत दिलाउन घरदैलो कार्यक्रम गरिरहेका छन् ।

आगामी निर्वाचनको तयारीका सिलसिलामा राष्ट्रवादी एकता पार्टी, अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी, नेपाल सुशासन पार्टी र बहुजन समाजवादी पार्टी नेपालका उम्मेदवार पनि मतदातालाई आफ्नो चुनावी एजेण्डा बुझाउने अन्तिम तयारीमा जुटिरहेको पाइएको छ ।-रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • pakrau

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

  • malekhu-mugling-sadak-pul

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

  • patrakaraandlon-dhd

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

  • pakrau-mahila-purus

    झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

  • समाचार
  • १

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ
    १ दिन अघि

  • २

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी
    १ दिन अघि

  • ३

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना
    ३ दिन अघि

  • ४

    झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ
    ३ दिन अघि

  • ५

    घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ
    ३ दिन अघि

  • ६

    गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन
    ३ दिन अघि

  • ७

    धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते
    ४ दिन अघि

  • ८

    टासी आ.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण
    ४ दिन अघि

  • ९

    विभेदकारी नीति विरुद्ध धादिङका पत्रकारको बिरोध
    ५ दिन अघि

  • १०

    गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट दोस्रो विदेशी प्लेयर घोषित
    ५ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution