

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै भदौ २९ देखि सुकिला नोट सटही सुरू गर्ने भएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै सटही कार्यक्रम २९ भदौदेखि १० असोजसम्म सञ्चालन हुने जनाएको हो।
सर्वसाधारण तथा संघ–संस्थाहरूले सुकिला नोटहरू नेपाल राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, सातवटै प्रदेश कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) तथा इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट बैंकिङ समयभित्र सटही गर्न सक्नेछन्।
राष्ट्र बैंकले प्रत्येक वर्ष दशैँ–तिहारजस्ता चाडपर्वहरूमा सार्वजनिक प्रयोजनका लागि नयाँ तथा सुकिला नोट वितरण गर्दै आएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |