

धादिङ । पालिकाहरुको कार्यसम्पादनमा धादिङको १३ पालिकामध्ये बेनिघाट रोराङ गाउँपालिका पहिलो भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनअनुसार बेनिघाट रोराङ गाउँपालिकाले ७३.२८ अङ्क प्राप्त गर्दै धादिङको १३ पालिकामध्ये पहिलो भएको हो ।
दोस्रो स्थानमा रहेको नीलकण्ठ नगरपालिकाले ७०.०० अङ्क प्राप्त गरेको छ । धुनिबेशी नगरपालिका ६१.९५ अङ्कसहित तेस्रो र ज्वालामुखी गाउँपालिका ५९.२८ अङ्कसहित चौथो भएको छ ।
कार्यसम्पादनमा धादिङको १३ पालिकामध्ये सबैभन्दा कमजोर खनियाबास गाउँपालिका परेको छ । खनियाबासले ३६.८० अङ्क मात्रै प्राप्त गरेको छ ।
पाँचौँमा नेत्रावती डवजोङ गाउँपालिका ५८.२८ अंक, छैठौमा थाक्रे गाउँपालिका ५५.०० अंक, सातौँमा सिद्धलेक गाउँपालिका ५१.९७ अंक, आठौँमा रुवी भ्याली गाउँपालिका ४९.६४ अंक, नवौँमा गंगाजमुना गाउँपालिका ४८.६२ अंक रहेको छ ।
त्यस्तै दशौँमा गजुरी गाउँपालिका ४८.३५ अंक, एघारौँमा गल्छी गाउँपालिका ४४.५२ अंक, बाहौँमा त्रिपुरासुन्दरी गाउँपालिका ४३.६९ अंक र तेहौँमा खनियाबास गाउँपालिका ३६.८० अंक रहेको छ ।
यसैगरी अर्घाखाँची जिल्लाकोको पाणिनि गाउँपालिका पहिलो भएको छ । पाणिनि गाउँपालिकाले ८३.८४ अङ्क प्राप्त गर्दै ७५३ पालिकामध्ये पहिलो भएको हो ।
दोस्रो स्थानमा रहेको रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ८२१५ अङ्क प्राप्त गरेको छ । गुल्मीको मालिका गाउँपालिका ८.९८ अङ्कसहित तेस्रो र गुल्मीकै धुर्कोट गाउँपालिका ८०.५२ अङ्कसहित चौथो भएको छ ।
यी ४ वटा पालिकाले मात्र ८० अङ्क पार गरेका हुन् ।
कार्यसम्पादनमा सबैभन्दा कमजोर रौतहटको देवाही गोनाही नगरपालिका परेको छ । देवाहीले ३०.९१ अङ्क मात्रै प्राप्त गरेको छ। प्रायः मधेशका पालिका कमजोर देखिएका छन् ।
आयोगले बजेट तर्जुमा र कार्यान्वयन, राजस्व परिचालन, लेखापरीक्षण, शिक्षा, स्वास्थ्य र सुशासनलगायतका १७ सूचकका आधारमा मूल्याङ्कन गरेको हो ।
हेर्नुहोस् धादिङको १३ पालिकाको विवरण
-बेनिघाट रोराङ गाउँपालिका ७३.२८
-नीलकण्ठ नगरपालिका ७०.००
-धुनिबेशी नगरपालिका ६१.९५
-ज्वालामुखी गाउँपालिका ५९.२८
-नेत्रावती डवजोङ गाउँपालिका ५८.२८
-थाक्रे गाउँपालिका ५५.००
-सिद्धलेक गाउँपालिका ५१.९७
-रुवी भ्याली गाउँपालिका ४९.६४
-गंगाजमुना गाउँपालिका ४८.६२
-गजुरी गाउँपालिका ४८.३५
-गल्छी गाउँपालिका ४४.५२
-त्रिपुरासुन्दरी गाउँपालिका ४३.६९
-खनियाबास गाउँपालिका ३६.८०

देशभरको ७५३ वटै पालिकाको विवरण हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस्
https://drive.google.com/file/d/1uwboEp-59xjsUxom81Nunz1wMMe9WqFZ/view?usp=sharing





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |