

धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका-१ मार्पाकबाट चोरी भएका दुईवटा मोटरसाइकलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
१३ गते शुक्रबार राति करिब ११:३० बजे नेत्रावती डबजोङ-१ मार्पाकबाट बा.प्र.०२–०१८ प ४३६७ नम्बरको Bajaj Pulsar NS 200 तथा खनियाबास गाउँपालिका-५ का ३९ वर्षीय ठाकुर गुरुङको प्र.३–०२–००१ प २१६० नम्बरको Bajaj Pulsar 220 मोटरसाइकल हराएको जानकारी पश्चात् प्रहरी चौकी मार्पाकबाट खटिएको टोलीले शनिबार नेत्रावती डबजोङ गाउँपालिका-३ गैरामा लुकाइछिपाइ राखिएको अवस्थामा दुवै मोटरसाइकल फेला पारिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका–१२ घर भई हाल नेत्रावती डबजोङ–३ बस्दै आएका २२ वर्षीय राजेश वली रहेका छन् भने अन्य दुई जना नाबालक भएकाले उनीहरूको पहिचान गोप्य राखिएको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धानका लागि धादिङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |