

धादिङ- प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत धादिङ क्षेत्र नं.२ को मतगणना रोचक मोडमा पुगेको छ।
परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा एमालेको बलियो पकड मानिने क्षेत्रहरूमा समेत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधनारायण श्रेष्ठ (घण्टी) ले उल्लेख्य मत प्राप्त गर्दै आफ्नो वर्चस्व कायम देखाउनुभएको छ।
यो समाचार तयार पार्दा सम्मको अपडेट अनुसार रुवीभ्याली, खनियावास, गंगाजमुना, त्रिपुुरासुन्दरी, नेत्रावती डवजोङ र ज्वालामुखी गाउँपालिकाको वडा नं ३, ४, ५, ६ र ७ सम्मको मत गणना गर्दा बोधनारायण श्रेष्ठ १३,९७७ मतसहित अग्रस्थानमा रहनुभएको छ ।
उहाँलाई पछ्याइरहेका नेपाली कांग्रेसका रमेश प्रसाद धमला (रुख) ले ११,४२२ मत, नेकपा एमालेका धन बहादुर घले (सूर्य)ले ७,२४४ मत पाएका छन् ।
यस्तै, राम बहादुर भण्डारी (तारा) ले ६,०७९ मत प्राप्त गरेका छन् ।विशेष गरी ज्वालामुखी गाउँपालिकाका वडाहरूमा देखिएको मत परिणामले ठूला दलहरूलाई झस्काएको छ।
ज्वालामुखीको सबै वडामा घण्टीले भारी स्कोर खडा गर्दा कांग्रेस ५६७ र एमाले १९२ मतमा सीमित गरेको छ ।
पुराना दलहरूको बलियो संगठन भएको भनिएका यी वडाहरूमा स्वतन्त्र पार्टीको यो नतिजाले जिल्लाको चुनावी समीकरण नै बदलिने संकेत गरेको छ।
यो नतिजासँगै बोधनारायण श्रेष्ठले २ हजार ५ सय ५५ मतले अग्रता कायम गर्नुभएको छ। मतगणना जारी रहँदा ‘घण्टी’ को यो लहरले पुराना राजनीतिक शक्तिहरूलाई गम्भीर चुनौती थपिदिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |