

धादिङ । नेपाली काँग्रेसको नियमित महाधिवेशन पक्षधर कांग्रेस (शेरबहादुर देउवा पक्ष)ले धादिङबेसीमा अधिवेशन तयारी समितिको कार्यालय सञ्चालनमा ल्याएको छ।
१५औँ नियमित जिल्ला अधिवेशनको तयारीका क्रममा शेरबहादुर देउवा पक्षले धादिङबेसीमा सञ्चालनमा ल्याएको अधिवेशन तयारी समितिको कार्यालयको मंगलबार १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको केन्द्रीय प्रतिनिधि धर्मराज अर्यालले उद्घाटन गर्नुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अर्यालले कांग्रेसको चुनाव चिन्ह र चारतारे झण्डा आफूहरूकै पक्षमा रहने दाबी गर्नुभयो।
उहाँले नेता कार्यकर्तालाई ढुक्क भएर अधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गर्दै अधिवेशनबाट पार्टीलाई एकताबद्ध र बलियो बनाउने वातावरण बन्ने बताउनुभयो।
अर्यालले अहिले विभिन्न गतिविधिमा आफूहरूबाट अलग देखिएका नेता/कार्यकर्ता पनि अन्ततः पार्टीको मूलधारमा फर्किने विश्वास व्यक्त गर्नुभयो।
उहाँले अधिवेशनका क्रममा देखिएका असहमति र गतिविधिलाई लिएर निराश हुनुपर्ने अवस्था नरहेको भन्दै संयमित भएर लाग्न आग्रह गर्नुभयो।
कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा बागमती प्रदेशसभा सदस्य गोविन्द लम्सालले पार्टीभित्र विधान र पद्धतिको सर्वोच्चता कायम हुनुपर्ने बताउनुभयो।
चारतारे झण्डा र रुख छाहारीको वैधानिक निरन्तरता सुनिश्चित गर्नुपर्ने भन्दै उहाँले क्रियाशील सदस्यताको वैधानिकता र सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
जिल्ला संयोजक गोपाल विश्वकर्माले भौतिक कब्जा राजनीति र कानुनी आधार होइन भन्दै सर्वोच्च अदालतको पूर्ण इजलासबाट न्यायको सुनिश्चिततासहित काँग्रेस अघि बढेको बताउनुभयो।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि अर्यालले धादिङ जिल्ला संयोजक गोपाल विश्वकर्मालाई केन्द्रबाट प्राप्त जिल्ला संयोजक मनोनयन पत्र हस्तान्तरण गर्नुभएको छ।
पार्टीभित्रको वैधानिकता, क्रियाशील सदस्यता तथा विधान र पद्धतिको विषयलाई प्रमुख मुद्दा बनाउँदै अधिवेशन तयारी अघि बढाएको जनाएको छ।
संयोजक विश्वकर्माका अनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते क्षेत्रीय तथा प्रदेश अधिवेशन र कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने तयारी गरिएको छ।
यस्तै प्रदेश अधिवेशन मङ्सिर ४ गते, केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २१, २२ र २३ गते गर्ने कार्यतालिका रहेको संयोजक विश्वकर्माको भनाइ छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |