

धादिङ । धादिङमा नियमित महाधिवेशन पक्षधर कांग्रेसले १५औँ महाधिवेशन अन्तर्गत नियमित वडा अधिवेशनको तयारी तीव्र पारेको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई अदालतले आधिकारिकता दिएपनि विशेषमहाधिवेशन स्वीकार नगरेका कांग्रेस नेता शेरबहादुर देउवा पक्षका कांग्रेसहरुले छुट्टै अधिवेशनको तयारी थालेको हो ।
१५औं जिल्ला महाधिवेशन तयारी समितिले आज धादिङबेसीमा पत्रकार सम्मेलन गर्दै जिल्लामा अधिवेशनका मितिहरू सार्वजनिक गरेका छन् ।
घोषित कार्यतालिका अनुसार धादिङ जिल्लाका वडा अधिवेशनहरू आउँदो असोज १५ गतेबाट सुरु हुने भएको छ ।
त्यस्तै, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मङ्सिर ४ गते हुने तय गरिएको छ।
धादिङ जिल्ला संयोजक गोपाल विश्वकर्माका अनुसार पार्टीको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २१, २२ र २३ गते काठमाडौँमा सम्पन्न हुने कार्यतालिका रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |