

एसीसी प्रिमियर कप अन्तर्गत भोली हुने नेपाल र यूएईबीचको खेल हेर्न दर्शकले नयाँ टिकट काट्न नपर्ने भएको छ ।
आज वर्षा बाधक बनेर रोकिएको खेल भोली मंगलबार हुने भएपछि नेपाल क्रिकेट संघ क्यानले भोलि हुने बाँकी खेल निशुल्क हेर्ने दिने क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।
कीर्तिपुर मैदानमा टस जितेर नेपाल फिल्डिङमा उत्रिएको थियो । खेलमा नेपालले उत्कृष्ट बलिङ प्रर्दशन गरेको थियो । नेपालले हालसम्म यूएईको ९ विकेट लिएको छ । यूएईले २६.२ ओभरमा ८ विकेटको क्षतिमा १ सय ६ रन बनाएको छ ।
यस खेलको विजेता एसिया कपको १६ औँ संस्करणमा छनोट हुनेछ । एसिया कपको १६ औँ संस्करण सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुँदै छ । एसिया कपमा ६ वटा एसियाली राष्ट्रले सहभागिता जनाउनेछन् ।
एसिया कपमा खेल्ने ६ मध्ये अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाको टुंगो लागिसकेको छ भने नेपाल र यूएईमध्ये एउटा टिमको छनोट यो खेलबाट लाग्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |