

नेपालले दोस्रो अभ्यास खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ।
जिम्बाबेमा हुने छनोट प्रतियोगिताका लागि नेपाल दक्षिण अफ्रिका पुगेको छ, जहाँ नेपालले अभ्यास खेल खेल्ने क्रममा आज नेदरल्याण्डसँग खेल्न लागेको हो ।खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।
आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपाल गत बिहीबार भएको पहिलो अभ्यास खेलमा स्कटल्याण्डसँग ७ बिकेटले पराजित भएको थियो ।
जिम्बाबेमा हुने छनौट खेलमा नेपाल सहित आठ देशको सहभागिता रहने छ । जसअनुसार नेपालसमेत रहेको समूह ‘ए’ वेस्ट इन्डिज, अमेरिका, नेदरल्याण्डस् र जिम्बाबे रहेका छन भने समूह ‘बी’मा आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) रहेका छन् ।
नेपाल दुई सातापछि जिम्बावे हुने आइसिसी विश्वकप छनोट अघि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका भ्रमणमा गएको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |