एकदिवसीय सिरिजको दोस्रो खेलमा श्रीलंकाले भारतलाई पराजित गरेको छ ।
गएराती भएको खेलमा श्रीलंकाले भारतलाई ३२ रनले पराजित गरेको हो । श्रीलंकाले दिएको २४१ रनको लक्ष्य पछाएको भारतले ४२.२ ओभरमा अल आउट हुदै २०८ रन मात्र बनाएको थियो ।
भारतको लागि कप्तान रोहित शर्माले सर्बाधिक ६४ रन बनाए भने अक्सर पटेलले ४४ र शुभमन गिलले ३५ रन बनाएका थिए । भारतलाई अल आउट गर्ने क्रममा श्रीलंकाका बलर जेफ्री जेफ्री वान्डरसेले सर्बाधिक ६ र चरिथ असलंकाले ४ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउदै २४० रन बनाएको थियो । श्रीलंकाका लागि आभिस्का फर्नान्डो र कमिन्दु मेन्डिसले ४०/४० रन बनाएका थिए भने दुनिथ वेल्लालागेले ३९, कुसल मेन्डिसले ३० र चरिथ असलंकाले २५ रन बनाएका थिए ।
त्यस्तै भारतका बलर वाशिंटन सुन्दरले ३ र कुलदीप यादवले २ विकेट लिएका थिए ।
यो जितपछि ३ खेलको सिरिजमा श्रीलंका १-० ले अगाडी भएको छ । यस अघि खेलिएको सिरिजको पहिलो खेल टाइ भएको थियो । अब सिरिजको अन्तिम खेल बुधबार खेलिदै छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |