

धादिङ,२६ कात्तिक ।
धादिङमा पछिल्लो २४ घण्टामा थप १९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।८ जना पुरुष र ११ जना महिला गरी १९ जना डेंगुका नयाँ बिरामी थपिएको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख गरिएको छ।
यो सँगै जिल्लामा हालसम्म जिल्लाका १ हजार २१६ जना पुरुष र १ हजार ४४ महिला गरी कुल २ हजार २६० जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लाको कुल संक्रमितमध्ये आधा भन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा रहेका छन् ।नगरपालिकामा हालसम्म १ हजार ४१३ जना संक्रमित भएका छन् भने गल्छीमा ११९, गजुरीमा १०६, बेनिघाट रोराङमा ९५, धुनिबेशीमा ९०,ज्वालामुखीमा ८९, त्रिपुरासुन्दरीमा ८० जनामा संक्रमण भएको छ।
यस्तै सिद्धलेकमा ७२, गंगाजमुनामा ३२, थाक्रेमा १८,नेत्रावती डवजोङमा १५,रुवीभ्यालीमा १३ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लाको कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ९ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ। जाडो बढेसँगै डेंगु कम हुँदै जाने अनुमान गरिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |