

धादिङ,१८ मंसिर ।
धादिङका थप २० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नीलकण्ठ नगरपालिकाका १६ जना, सिद्धलेकका २ जना र ज्वालामुखीका २ गरी थप २० जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख गरिएको छ।
यो सँगै जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या १ हजार ३५६ जना पुरुष र १ हजार १७३ महिला गरी कुल २ हजार ५२९ पुगेको छ ।
विवरण अनुसार सबैभन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा १ हजार ५७७, बेनिघाट रोराङमा १३९, गल्छीमा १३२, गजुरीमा १२०, धुनिबेशीमा ९४,सिद्धलेकमा ८८ जनामा संक्रमण भएको छ।
यस्तै त्रिपुरासुन्दरीमा ८१ ,ज्वालामुखीमा ७९, गंगाजमुनामा ३४, थाक्रेमा १८,नेत्रावती डवजोङमा १५,रुवीभ्यालीमा १४ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |