

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो ।
यसैगरी मन्त्रालयले भौतिक दूरीसमेत कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डा सञ्जयकुमार ठाकुरद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा स्यानिटाइजरको प्रयोग गर्न, नियमितरूपमा साबुनपानीले हात धुनेलगायत स्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ । यसैगरी कोभिड–१९ को बुस्टर डोज खोप लगाउन पनि अपिल गरिएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष २०२३, क्रिसमसलगायत कुनै पनि भिडभाड हुने स्थलमा विशेष सतर्कता अपाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा बिएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकाले खुला सिमाना र आवतजावतका कारण जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |