

धादिङ,२५ पुष ।
धादिङ अस्पतालमा ३ बेडको सघन उपचार कक्ष (आईसियु) सञ्चालनमा आएको छ ।
कोभिडको दोस्रो लहरमा तत्कालिन सामाजिक विकास मन्त्री युवराज दुलालबाट उदघाटन भई ६ महिना सञ्चालनमा आएपछि बन्द भएको सघन उपचार कक्ष(आइ.सी.यु) आईतबारदेखी पुनःसञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी बिक्रम वि.कले जानकारी दिनुभयो । आइसियु पुनः सञ्चालनमा आएपछि आईतबार साँझबाट ज्वालामुखी–६ का ४५ वर्षीय नकुल शाक्यले उपचार सेवा लिएको वि.कले बताउनुभयो ।
सूचना अधिकारी विकका अनुसार आईसियुको लागि ४ जना मेडिकल अधिकृत र नयाँ दरखास्त आव्हान गरी ६ जना स्टाफ नर्सको व्यवस्था मिलाईएको र विषेशज्ञ चिकित्सकले आवश्यकता अनुसार राउण्ड ड्युटी र अनुकल सेवा दिने छन् ।
क्रिटिकल केयर गर्नुपर्ने गम्भीर स्वास्थ्य समस्या भएका बिरामीहरूलाई न्यूनतम शुल्कमा धादिङ अस्पतालले सेवा प्रदान गर्ने उद्देश्यले आइसियु सञ्चालन गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले बताउनुभयो ।
अति गरिब र आकस्मिक आइसियु उपचार सेवा प्रदान गर्नुपर्ने बिरामीहरूलाई अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले आंशिक वा पूर्ण छुटमा उपचार गरिने अध्यक्ष रिजालको भनाई छ। अब छिट्टै ५ बेडको सघन उपचार कक्ष(आइ.सी.यु)सञ्चालन गरिने रिजालले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |