

धादिङ,१४ माघ ।
धादिङका विभिन्न स्थानमा एकदिने आँखा शिविर सञ्चालन गरिएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको संयुक्त आयोजना तथा बिभिन्न स्थानिय निकायहरुको समन्वयमा मा ११ गतेदेखी जिल्लाको बिभिन्न स्थानमा मोतियाबिन्दु छनौट एकदिने आँखा शिविर सञ्चालन गरिएको हो ।
उक्त शिविरमा हालसम्म ४ सय ८ जनाको आँखा जाँच गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका प्रमुख रामसिंह तामाङले जानकारी दिनुभयो । हालसम्म आँखा जाँच गरिएकामध्ये २८ जनामा मोतीबिन्दुको समस्या देखिएको तामाङले बताउनुभयो ।
तामाङका अनुसार बुधबार मुरली भन्ज्याङ स्वास्थ्य चौकीमा भएको शिविरमा ९३ जनाको आँखा जाँच गरिएकोमा ६ जनामा मोतीबिन्दुको समस्या देखिएको छ भने ८ जनालाई कालो जस्मा वितरण गरिएको छ ।
त्यस्तै बिहीबार कटुन्जे स्वास्थ्य चौकीमा भएको शिविरमा १७ जनाले आँखा जाँच गराएका थिए । जस्मा १० जनामा मोतीबिन्दुको समस्या देखिएको छ भने ६ जनालाई कालो चस्मा वितरण गरिएको छ ।
शुक्रबार निमारचोक सामुदायिक स्वास्थ्य इकाईमा भएको शिविरमा ७३ जनाको आखाँ जाँच गरिएकोमा ३ जनामा मोतियाविन्दु देखिएको छ भने १० जनालाई कालो चस्मा वितरण गरिएको सामुदायिक आँखा केन्द्र धादिङका प्रमुख तामाङले बताउनुभयो ।
त्यसैगरी शनिबार ज्यामरुङ आयुर्वेद औषधालयमा भएको शिविरमा १६७ जनाको आँखा जाँच गर्दा ९ जनामा मोतियाविन्दु देखिएको र २५ जनालाई कालो चस्मा वितरण गरिएको तामाङले बताउनुभयो ।
भोलि माघ १५ गते आईतबार साङ्कोष स्वास्थ्य चौकीमा आँखा शिविर सञ्चालन हुने पनि उहाँले बताउनुभयो ।
शिविरहरुमा छनौट गरिएका मोतियाविन्दुका बिरामीहरुलाई जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा माघ १६ र १७ गते न्युनतम शुल्कमा अप्रेसन गरिने तामाङले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |