

धादिङ,०५ फागुन ।
बेनिघाट रोराङ गाउँपालिका–२ मासखर्कको पञ्चकन्या आधारभुत विद्यालयका चेपाङ विद्यार्थीहरुलाई स्टेशनरी र लत्ताकपडा वितरण गरिएको छ ।
पत्रकार सिताराम अधिकारीको पहलमा सहयोगी महिला जागरण मञ्च काठमाडौँले बिहिबार पञ्चकन्या आविमा अध्ययनरत ७० जना चेपाङ विद्यार्थीहरुलाई स्टेशनरी र लत्ताकपडा वितरण गरिएको हो ।
“आगो तापेर रात कटाँउछन् मासखर्कका चेपाङ” शिर्षकमा नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशन भएपछि सहयोगी महिला जागरण मञ्च काठमाडौँले सहयोग उपलब्ध गराएको हो ।
लायन्स क्लब काठमाडौँ युनाटेड सेन्ट्रलका रोशन कक्षपती, राधा श्रेष्ठ, कृष्णदेवी साई, सविना श्रेष्ठ, डा.मनोर शैयद लगाएतले मासखर्कमा पढ्ने ५९ जनार अन्य विद्यालयमा पढ्ने ११ जनालाई कापी, डटपेन, सिसाकलम, इरेजर, साइनपेन, लगायतका स्टेसनरी तथा लत्ताकपडा वितरण गर्नुभएको थियो ।उक्त गाउँका अन्य व्यक्तिहरुलाईसाडी, धोती, ओड्ने कपडा, न्यानो कपडा लगायतका कपडा महिलाहरुका लागि वितरण गरिएको थियो ।
कक्षा ३ सम्म संचालन भएको पंचकन्या आधारभुत विद्यालयमा अध्यायन गर्ने अति विपन्न परिवारका चेपाङ बालबालिकाहरु लगाउने कपडा तथा खानेकुरा र विद्यालय पढ्नका लागि स्टेसनरी समेत अभाव छ। एकसरो कपडा समेत नभएर चिसो समयमा आगो तापेर रात कटाउने मासखर्कबासीले कपडा पाएपछि खुसी व्यक्त गरेका छन् ।
स्टेसनरी तथा कपडा वितरण कार्यक्रममा सहयोगि महिला जागतरण मञ्चका अध्यक्ष राधा श्रेष्ठ, सचिव सबिना श्रेष्ठ, मनमोहन अस्पतालमा कार्यरत समाजसेवी डाक्टर मनोर सैयद, लायन्स क्लबअफ काठमाण्डौ युनाइटेड सेन्टरका रोशनकुमार श्रेयठ, पत्रकार तथा मानवअधिकारकर्मी सीताराम अधिकारी, सामाजिक कार्यकर्ता तुलसीजंग थापा, सहयोगि महिला जागरण मञ्चका सदस्य कृष्णदेवी शाही लगायतको सहभागिता रहेको थियो ।
विद्यालयमा नियमित आउने गरेकाविद्यार्थीहरुले जुत्ता नलगाइ आउने गरेको र खुट्टामा घाउ लाग्ने गरेको देखेपछि मासखर्क पुगेका सामाजिक कार्यकर्ता मनमोहन अस्पतालका डा. मनोर सैयदले फागुन महिनाभित्र विद्यालयमा अध्ययनरत ५९ जना विद्यार्थीका लागि जुत्ता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |