

सल्यानटार,२६ फागुन।
त्रिपुरासुन्दरी गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धी अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ ।
गाउँपालिकाको आयोजनामा शुक्रबार जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुको लागि १ दिने बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालालाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष देवराज धरेलले बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि त्रिपुरासुन्दरीले जिम्मेवारीपुर्वक कार्य गर्दै आएको बताउनुभयो ।
त्रिपुरासुन्दरी बालमैत्री स्थानीय शासन अबलम्बनका न्युनतम सुचकहरु पुरै हुने चरणका रहेकोले अब सम्बन्धित सबै पक्षले एकताबद्ध भएर घरघर, टोलटोलमा बालमैत्री पद्धति अबलम्बन गरि बाल अधिकार र शारीरिक, मानसिक, संवेगात्मक र शैक्षिक उपलब्धि केन्द्रित भएर कार्य भईरहेको बताउनु भयो ।

कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर खतिवडाले गाउँपालिकामा बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको बताउनु यो ।
गाउँपालिका उपाध्यक्ष देवराज धरेलको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि कर्मचारी, बिद्यालय प्रधानाध्यापक,बालसमुहका प्रतिनिधि , स्वास्थ्य संस्था प्रमुख ,सहकारी ,महिला समुहका तथा अन्य सरोकारवालाहरु समेत गरि ४९ जनाको सहभागीता रहेको थियो ।
बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार, टोल बस्ती ,वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला गरिएको महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले बताउनु भयो ।

कार्यशालामा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बालमैत्री स्थानीय शासन अबधारणा,बालमैत्री गाउँपालिकाको लागि बालबालिका सम्बन्धि निति ,कार्य विधि निर्माण,कार्यान्वयनका खुड्किला शुरु, ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि ५१ वटा सुचकहरु, सुचकहरुको सरलिकण, आचार संहिता निमार्ण, बालबालिकाहरुको बस्तुगत विवरण तयारी, लगानी योजना लगायत बिषयमा सहजिकरण गर्नु भएको थियो ।

अभिमुखिकरण कार्यशाला पछि त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीको अध्यक्षतामा बालमैत्री स्थानीय शासन वडा समिति पुर्नगठन गरिएको पनि महिला बालबालिका शाखा प्रमुख देवकोटाले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |