

धादिङ,२६ फागुन ।
धादिङका विभिन्न स्थानिय तहमा मोतिबिन्दु छनौट एकदिने निशुल्क आँखा जाँच शिविर संचालन भइरहेको छ ।
तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँ र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको संयुक्त आयोजना र स्थानिय निकायहरुको समन्वयमा शिविर संचाल भएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका प्रमुख रामसिँह तामाङले जानकारी दिनुभयो ।
शिविर कार्यक्रम अन्तर्गत बिहीबार गंगाजमुना गाउँपालिका वडा नं २ स्थित तावल सामुदायिक स्वास्थ्य ईकाई १७५ जनाको आँखा परिक्षण गरिएको छ । जस्मा १५ जनामा मोतिबिन्दु देखिएको छ भने १४ जनालाई चस्मा वितरण गरिएको तामाङले बताउनुभयो ।
त्यस्तै गत शनिबार नीलकण्ठ नगरपालिका वडा नं ५ स्थित खाल्टे स्वास्थ्य चौकीमा भएको शिविरमा ११४ जनाको आँखा परिक्षण गरिएको थियो भने परिक्षण गरिएको मध्ये ११ जनामा मोतिबिन्दु देखिएको र ८ जनालार्ई चस्मा वितरण गरिएको तामाङले बताउनुभयो ।
तामाङका अनुसार भोलि फागुन २७ गते नीलकण्ठ नगरपालिका वडा नं ६ स्थित सुनौलोबजार स्वास्थ्य चौकी र चैत १ गते बुधबार नीलकण्ठ १० स्थित भारमाले ज्यामरुङमा शिविर संचालन हुने छ ।
साथै आँखा जाँच कार्यक्रममा छनौट गरिएका र सामुदायिक आँखा केन्द्र धादिङमा जाँच गराई अप्रेसनका लागि नाम टिपाएका मोतिबिन्दुका बिरामीहरुलाई जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा चैत ३ र ४ गते न्युनत्तम शुल्कमा अप्रेसन गरिने तामाङले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |