

सल्यानटार,०८ चैत।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ मा बालमैत्री स्थानीय शासन अबलम्बन घोषणा बालमैत्री आचार संहिता तथा कार्ययोजना तर्जुमा कार्यशाला सञ्चालन गरिएको छ ।
कार्यशालाको बुधबार गाउँपालिका उपाध्यक्ष देवराज धरेलले उद्घाटन गर्नुभएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष धरेलले बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि त्रिपुरासुन्दरीले जिम्मेवारीपुर्वक कार्य गर्दै आएकोे बताउनु भयो ।

गाउँपालिकामा बालमैत्री स्थानीय शासन अबलम्बनका न्युनतम सुचकहरु पूरा गर्न सबै पक्ष एकताबद्ध भएर घर,घर,टोल टोलमा बालमैत्री पद्धति अबलम्बन अभियानलाई तिब्रताका साथ कार्य गर्नुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर खतिवडाले गाउँपालिकामा बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको बताउनु भयो ।

वडाध्यक्ष भीम प्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री स्थानीय शासन वडा समितिका पदाधिकारीहरु सहित २४ जनाको सहभागीता रहेको थियो ।

बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको लागि वडातहमा गर्नु पर्ने कार्य योजना तथा सहभागीतात्मक रुपमा बालबालिका,अभिभावक,बिद्यालय , जनप्रतिनिधिहरुको लागि बालमैत्री आचार संहिता गरि कार्यान्वयन गर्न कार्यशाला गरिएको गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले बताउनुभयो ।

कार्यशालामा बालमैत्री स्थानीय शासन अबलमम्वन बालबालिका सम्बन्धि निति,कार्य विधि निर्माण,कार्यान्वयनका खुड्किला शुरु, ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि ५१ वटा सुचकहरु पूरा गर्न स्थानीय वडा तहमा रगर्नु पर्ने कार्यहरु रबालबालिकाहरुको बस्तुगत विवरण तयारी, लगानी योजना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको महिला तथा बालबालिका शाखा प्रमुख देवकोटाले जानकारी दिनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |