

धादिङ,२३ चैत।
धादिङका १७० जना शिक्षकलाई स्थायी नियुक्ति पत्र वितरण गरिएको छ ।
बुधबार धादिङबेशीमा आयोजित एक कार्यक्रमका बिच शिक्षा विकास तथा समन्वय ईकाई धादिङले स्थायीमा नाम निकाल्न सफल १७० जना पावि शिक्षकलाई स्थायी नियुक्ति पत्र वितरण गरिएको हो।
शिक्षकहरुलाई जिल्ला शिक्षा समितिका अध्यक्ष एवम जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, शिक्षा विकास तथा समन्वय ईकाई धादिङका प्रमुख राजेन्द्र बहादुर क्षेत्रीले नियुक्ति पत्र वितरण गर्नुभएको थियो ।साथै नियुक्ति पत्र वितरण पश्चात शिक्षा विकास तथा समन्वय ईकाई धादिङका प्रमुख क्षेत्रीले शिक्षकहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।
जिल्लाका लागि २२५ जना स्थायी शिक्षकको माग गरेकोमा १७० जनाले स्थायीमा नाम निकाल्न सफल भएका थिए ।हाल जिल्लाको विभिन्न प्राथमिक विद्यालयहरुमा कार्यरत १०५ जना करार सेवामा रहेका शिक्षकहरु भने फालिएका छन् ।
साथै करारमै रहेका २८ जनाले भने स्थायीमा नाम निकालेर पोष्टिङ भएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |