

धादिङ,२८ चैत।
गर्मी मौसम सुरु भएको छ । गर्मी सुरु भएसँगै धादिङसहित देशैभर विभिन्न संक्रमणजन्य रोगको संक्रमण देखिन थालेको छ ।
जाडो मौसममा भन्दा गर्मीमा संक्रमणजन्य रोगहरु बढी फैलिने चिकित्सक बताउँछन् । नेपालमा गर्मी, प्रि–मनसुन र मनसुनमा मलेरिया, कालाजार, डेंगु, एक्युट, हैजा, इन्फेक्सन लगाएत अन्य महामारीको सम्भावित रोगहरु देखिने गर्दछन् ।
धादिङमा भने गर्मी बढेसँगै डेंगु र स्क्रबटाइफसको जोखिम बढेको छ। जिल्लामा डेंगु र स्क्रब टाइफसका बिरामीहरु देखिएका छन् । स्वास्थ्य कार्यालय धादिङका अनुसार धादिङका ३ जनामा डेंगु र १ जनामा स्क्रबटाइफसको संक्रमण देखिएको छ ।
यसैगरी धादिङमा केहि समय शुन्य भएको कोरोना संक्रमण अहिले फेरी देखिएको छ । आज धुनिबेशी नगरपालिकाका एक जनामा कोरोना संक्रमण भएको छ ।
केहीदिन अघि गंगाजमुनाका एक जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।जिल्लामा २ जना सक्रिय संक्रमित रहेका छन् ।
देशभर अहिले कोरोना संक्रमण बढ्दो क्रममा छ । छिमेकी मुलुक भारतमा पनि हाल कोरोना संक्रमण बढेसँगै खुल्ला सिमानाका हुँदै नेपाल फर्कनेहरुबाट संक्रमणको जोखिम थप बढाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |