

धादिङ,०६ बैशाख ।
सिद्धलेक गाउँपालिका–१ गहतेमा रहेको बलदेवी आधारभूत विद्यालयको तह घटुवाविरुद्ध अभिभावकहरुले विरोध जनाएका छन् ।
विद्यालयको तह घटुवा गरी शिक्षकहरुलाई नियमविपरीत सरुवा गरेको विरोधमा अभिभावकहरुले मंगलबार वडा कार्यालय बन्द गरेका थिए ।
अभिभावक र विद्यार्थीको हित विपरीत स्थानीय सरकारले विद्यालयको तह घटुवा गरेकोले अभिभावकहरु आन्दोलनमा उत्रिएको चेतनाथ सिलवालले बताउनुभयो ।
कक्षा ५ सम्म सञ्चालित ५८ जना विद्यार्थी भएको बलदेवि आविलाई सिद्धलेक गाउँपालिकाले तह घटुवा गरी ३ सम्म मात्र सञ्चालन गर्ने बताएपछि अभिभावकहरु आक्रोशित भएको सिलवालले बताउनुभयो ।
विद्यालयका शिक्षक रामहरि खनाललाई अन्य विद्यालय सरुवा गरिएको छ । भर्ना अभियान चलिरहेको बेला कक्षा ४ र ५ मा समेत विद्यार्थी भर्ना भएको र पालिकाले निर्णय गरेको हल्ला आएपनि हालसम्म विद्यालयमा कुनै सूचना नआएको सरुवा भयो भनिएका शिक्षक रामहरि खनालले बताउनुभयो ।
यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्ष एकबहादुर रानाले अबैधानिक आरोप लागेको शिक्षा समिति र पालिकाले निर्णय गर्ने र अभिभावक र विद्यार्थीको वेवास्ता गर्न नपाइने भएपछि पालिकाले जनताकोे कुरा नसुनेको बताउनुभयो। यसभन्दा कम विद्यार्थी भएको सिद्धलेकको अन्य विद्यालयमा भने तह घटुवा नगरिएको रानाले बताउनुभयो ।
शिक्षक सरुवा गर्न दुवै शिक्षक र अभिभावकको स्वीकृति चाहिने कानुनी प्रावधान भएपनि पालिकाले ७ जना शिक्षक सरुवा गरेर कानुन मिचेको उक्त विद्यालयमा २७ वर्षदेखि अध्यापन गराउँदै आउनुभएकी शिक्षिका रमा रुपाखेतीले बताउनुभयो ।
यस्तै बिद्यालय दरबन्दि मिलान तथा शिक्षक ब्यबस्थापन कार्यबिधि अनुसार पालिकाको शिक्षा समितिले गाउँपालिकाका बिद्यायलको तह घटुवा गर्ने निर्णयनुसार वडा नं १ को बलदेवी आधारभूत विद्यालय पनि परेको वडा नं १ का वडाध्यक्ष पेमा लामाले जानकारी दिनुभयो ।
विद्यालयको तह घटुवाविरुद्ध निवर्तमान गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल र वडा नं १ का निवर्तमान वडाध्यक्ष चन्द्र सिलवालको अगुवाइमा गएका स्थानीयवासीले मंगलबार वडा कार्यालयमा लगाएका ताला आज स्थानियबासीको रोहवरमा खोलिएको वडा नं १ का वडाध्यक्ष पेमा लामाले जानकारी दिनुभयो ।
ताला खोलेपछि कर्मचारीले नियमित काम गरिरहेको लामाले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |