

धादिङ,१६ बैशाख।
धादिङको बेनीघाट रोराङ वडा नं ७ स्थित चरौँदीमा जारी दोस्रो चरौँदी कृषी तथा पर्यटन मेलामा ६३ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी धुषा उपशाखा धादिङको आयोजना तथा रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५८ जना पुरुष र ५ जना महिला गरी ६३ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला होटल संघ धादिङको आयोजना,चरौँदी समाज सुधार युवा क्लबको सहआयोजना र नारायणी फेयर एक्जिवसन नेपाल चितवनको व्यवस्थापनमा १४ गते बिहिबारदेखी चरौँदीमा कृषी तथा पर्यटन मेला जारी रहेको छ ।
जिल्लामा रगतको अभाव खड्किरहेको अवस्थामा उक्त कृषी तथा पर्यटन मेलामा रक्तदान कार्यक्रम आयोजना गरिएको धादिङ रेडक्रसका कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
पहिले महिनामा ७ भन्दा बढी रक्तदान कार्यक्रम हुँदै आएकोमा पछिल्ला २ महिना यता रक्तदान कार्यक्रमहरु नहुँदा रगतको चरम अभाव भएको श्रेष्ठको भनाई छ ।
यसअघि गत बुधबार गजुरी गाउँपालिका स्थित आदर्श बहुमुखी क्याम्पसमा नेपाल रेडक्रस सोसाईटी गजुरी उपशाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका थिए ।
जिल्लाका सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको भन्दै जिल्लाका १३ वटै पालिका, बिभिन्न सरकारी निकाय बिद्यालय, क्याम्पस, संघ संस्था तथा सहकारीहरुले आफ्नो क्यालेण्डरमै रक्तदान कार्यक्रमको तालिका बनाएर रक्तदानको कार्यक्रम नगरे धादिङमा देखिएको रगत अभावको समाधान गर्न नसकिने धादिङ रेडक्रसका कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
अहिले धादिङ अस्पतालमा दैनिक ५ देखी ७ पिन्ट र महिना को १५० भन्दा बढि पिन्ट रगत खपत हुदैँ आएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |