

धादिङ,१६ बैशाख।
धादिङमा पनि गाईभैँसीमा लम्पी स्किन रोग देखापरेको छ ।
जिल्लाको बिभिन्न स्थानिय तहमा लम्पीस्किन रोगका लक्षण देखिएपछि नमुना परिक्षण गर्दा लम्पी स्कीन डिजिज प्रमाणित भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले बताउनुभयो ।
शनिबार धादिङबेशीमा केन्द्रको आयोजनामा भएको लम्पी स्किन रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.सिलवालले विगत केही दिनदेखि जिल्लामा यो रोगको सङ्क्रमण फैलिएको बताउनुभयो ।

यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुने गर्दछ । गर्मी याममा लामखुट्टे, झिङ्गा लगायतका कारण यो रोगको प्रकोप देखिने गरेको डा.सिलवालले बताउनुभयो ।
गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्छ ।
यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सिलवालले बताउनुभयो ।
यस्तो लक्षण देखिएमा नजिकैको पशु सेवा केन्द्रमा गएर प्राविधिक सल्लाह लिने,जैविक सुरक्षाका बिधि अपनाउने र रोगी पशुको ओसारपसारमा रोक लगाउन डा.सिलवालले आग्रह गर्नुभएको छ ।केही दिन अघिमात्रै धादिङको थाक्रे गाउँपालिकाले एक सुचना जारि गर्दै गाँइ भैसीको ओसारपसारमा रोक लगाएको छ ।
गाउँपालिकाका गाई भैंसीमा रोग प्रमाणित भएकोले अन्यत्र जिल्ला/पालिकाबाट थाक्रे गाउँपालिका भित्र वा बाहिर र गाउँपालिकाको एक वडा/स्थान बाट अन्य वडा/स्थानमा गाई भैंसीको ओसारपसार नगर्न/नगराउन अनुरोध गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |