

धादिङ,२१ बैशाख ।
धादिङको गजुरी गाउँपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ ।
गाउँपालिका क्षेत्र र पृथ्वी राजमार्गमा हुने दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिहरुको शव पोस्टमार्टम तथा अन्तिम संस्कारका लागि लैजान गाउँपालिकाले शववाहन सेवा सुरु गरेको गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।
पालिकाले डेढ वर्षअघि किनेको बा.२ झ ४३३३ नम्बरको एम्बुलेन्सलाई नै अहिले शववाहनको रूपमा प्रयोग गरिएको उहाँले बताउनुभयो।
शववाहनमा मृतक गजुरी गाउँपालिकाको स्थानिय बासिन्दा भएमा निःशुल्क सेवा दिने र अन्यको हकमा प्रचलित जिल्ला दररेट अनुसार शुल्क लिई सेवा दिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |