

गजुरी,२९ बैशाख ।
गजुरीमा प्रारम्भिक बालविकासमा अभिभावक शिक्षा सत्र सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार भएको समुदायस्तरको अभिभावक शिक्षा सत्र सम्बन्धि अभिमुखिकरण कार्यक्रममा प्रारम्भिक बालविकास कक्षामा आउने साना बालबालिकाको जनभावना अनुसार बालविकास सहजकर्ताले शिक्षण सिकाईको आधारमा सहजिकरण गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष सर्मिला बिसुराल, विभिन्न वडाका वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि विभिन्न विद्यालयका प्रअ तथा बालविकास सहजकर्ताहरु लगायतको सहभागिता रहेको थियो ।

स्वस्थ र शिक्षित बालबालिका भन्ने नारा लिएर विगत तिन वर्ष अगाडीबाट प्रयास नेपाल धादिङले गजुरी गाउँपालिकामा प्रारम्भिक बालविकासमा लगानी परियोजना सञ्चालन गर्दै आएको छ ।
यस किसिमको कार्यक्रमले बालबालिकाका अभिभावकसँग प्रत्यक्ष जोडिएर काम गर्ने सके परिवर्तन आउने प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो । परियोजनाले ५ वटा क्लस्टर बनाएर गजुरीका ८ वटा वडामा काम गरिरहेको छ ।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |