

धादिङ,०२ ज्येष्ठ।
हिमाअस एजुकेशन कन्सल्टेन्सीले धादिङवेशीमा शाखा विस्तार गरेको छ ।
अस्ट्रेलियाबाट सुरु भएको हिमाअसले शाखा बिस्तार गर्नेक्रममा १७ औँ शाखा सदरमुकाम धादिङवेशीमा विस्तार गरेको हो । धादिङ जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरी धादिङवेशीस्थित शान्त बजारमा शाखा विस्तार गरिएको कन्सल्टेन्सीका निर्देशक सुवास अर्यालले जानकारी दिनुभयो।
सोमबार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले शुभारम्भ गर्नुभएको हो ।
धादिङबाट ठूलो संख्यामा विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने गरेको र काठमाडौ, पोखरा, चितवन लगायतका शहरहरुमा अध्ययनका लागि जादा मोटो रकम खर्च हुने भन्दै जिल्लामै बसेर अध्ययन गरी यहिबाटै विदेशमा अध्ययनका लागि प्रक्रिया अघि बढाउन कल्सल्टेन्सीले शाखा विस्तार गरेको निर्देशक अर्यालले बताउनुभयो ।
धादिङबेशी शाखाबाट अष्ट्रेलिया, क्यानडा, यूके लगायतका देशहरुमा अध्ययनका लागि जाने विद्यार्थीलाई आएल्स, पिटी, कम्प्यूटर, जापनिज, कोरियन लगायत विभिन्न भाषाका कक्षाहरु सञ्चालन गरिने धादिङ शाखाका उत्तम सापकोटाले बताउनुभयो ।
प्रक्रियाका लागि कागजातहरु तयार पार्ने, भिजा अप्लाइ गरिदिने लगायत सम्पुर्ण आवश्यक कामहरु यही शाखाबाट हुने सापकोटाले बताउनुभयो ।
सन् २००८ मा अस्ट्रेलियाको सिड्नीबाट सुरु भएको हिमाअसले नेपालका बिभिन्न शहरहरुमा शाखा बिस्तार गर्दै आएको छ ।एक बर्ष अघि धादिङको बेनिघाट बजारमा पनि शाखा बिस्तार गरेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |