

धादिङ,०६ ज्येष्ठ।
धादिङबेशीमा रहेको न्यु ककिबो बोर्डिङ स्कुलमा चुनावी प्रक्रियाद्वारा क्याप्टेन, भाइस क्याप्टेन चयन गरिएको छ ।
शुक्रबार बिहान ११ः३० देखि १ः३० सम्म भएको मतदानमा जम्मा खसेको सदर मत ३६५ मध्य १६६ प्राप्त गरि समीर भन्डारी स्कुल क्याप्टेन, १०९ मत प्राप्त गरि रोजिना चौलागाईं स्कुल भाइस क्याप्टेन, ६७ मत प्राप्त गरि अविशेक बानिया रेड हाउस क्याप्टेन, ५३ मत प्राप्त गरि हिमाल गुरुङ ग्रीन हाउस क्याप्टेन, ६८ मत प्राप्त गरि अजित घले याल्लो हाउस क्याप्टेन र ५० मत प्राप्त गरि सुलभ सिलवाल ब्लु हाउस क्याप्टेन बिजयी भएका छन् ।
विद्यार्थीहरुको गोप्य मतदानद्वारा स्कुल क्याप्टेन, स्कुल भाइस क्याप्टेन, हाउस क्याप्टेन, हाउस भाइस क्याप्टेन, असिस्टेन्ट क्याप्टेनहरु चयन गरिएको बिद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तथा स्कुल इलेक्सन २०८० का मुख्य निर्वाचन अधिकृत कपिल जम्कट्टेलले जानकारी दिनुभयो ।
जम्कट्टेलका अनुसार बिद्यालय क्यालेन्डरमा उल्लेख भए अनुसार जेष्ठ १ गते कक्षा ३ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको अन्तिम मतदाता नामवली प्रकाशन, जेष्ठ २ गते उम्मेदवारी दर्ता, जेष्ठ ३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उमेदवारहरुलाई चुनाव चिन्ह प्रदान र जेष्ठ ४ गते ४ बजे पछि मौन अवधी सुरु गरिएको थियो।
निर्वाचन प्रक्रिया सिकाउने र विद्यार्थीहरुलाई प्रजातान्त्रिक पद्धति अबलम्बन गर्न अभ्यस्त बनाउने उद्धेश्यले कार्यक्रम गरिएको प्रिन्सिपल प्रयास रेग्मीले बताउनुभयो । मतदानमा सम्पुर्ण बिद्यार्थीहरुको उत्सहजनक सहभागीता रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |