

धादिङ,०८ ज्येष्ठ ।
धादिङको गजुरी गाउँपालिकामा कार्यरत लेखा अधिकृत अमृत प्रसाद पौडेलले चेपाङ किशोरीहरुलाई स्कुल ब्याग वितरण गर्नुभएको छ ।
पौडेलले आईतबार गजुरी गाउँपालिका १,हागेटारमा संचालित चेपाङ किशोरी छात्रवासका २६ जना किशोरीहरुलाई स्कुल ब्याग वितरण गर्नु भएको हो ।
स्वर्गीय दाजु तिलकान्त शर्मा, बुवा बोलानाथ उपाध्यय र आमा नया कुमारी उपाध्ययको सम्झनामा किशोरीहरुलाई स्कुल ब्याग वितरण गरिएको पौडेलले बताउनुभयो ।
सीमान्तकृत चेपाङ समुदायका किशोरीका लागि गजुरी स्थित होगटारमा सुविधा सम्पन्न छात्राबास निर्माण गरिएको छ ।
प्रयास नेपाल, गजुरी गाउँपालिका, जिल्ला सम्वन्य समिति लगायतका संघ संस्थाको प्रयासमा आर्थिक अवस्था कमजोर भएका, आमाबुवा नभएका किशोरीको पठनपाठन सहज हुने अपेक्षा सहित छात्राबास निर्माण गरिएको हो ।
छात्राबासमा किशोरीका लागि ६ वटा कोठा, भान्सा कोठा, पढ्नको लागि हललगायतका सुविधा उपलब्ध छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |