

धादिङ,०९ ज्येष्ठ।
त्रिपुरासुन्दरी गाउँपालिकामा विद्यालयको वेवसाइट तथा मोबाइल एप्लिकेशनको उद्धघाटन गरिएको छ ।
गाउँपालिकाको मा.वि तहका ११ वटा विद्यालयहरु तथा २ वटा सामुदायिक क्याम्पसका लागि निर्माण गरिएको विद्यालयको वेवसाइट तथा मोबाइल एप्सको सोमबार गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले उद्घाटन गर्नुभएकोे हो ।
कार्यक्रममा अध्यक्ष उप्रेतीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा कुनै कमि आउन नदिने बताउनुभएको छ । विद्यालयबाट सम्पादित कार्य प्राप्त गर्न, विद्यार्थीहरुको नतिजा, पाठेयक्रम लगायतका विषयमा जानकारी लिन सहज होस भन्ने उद्धेश्यले सुरु गरिएको उपे्रतीले बताउनुभयो ।
वेवसाइट मार्फत अभिभाबक र विद्यार्थीहरुले विद्यालयसंग सम्बन्धित सूचना, विद्यालयबाट सम्पादित कार्य, अध्ययन सामाग्री लगायत अन्य महत्वपूर्ण जानकारी प्राप्त गर्न सकिने हुदा वेवसाइट तथा मोबाइल एप्लिकेशन संचालन गरिएको गाउँपालिकाका सुचना अधिकारी सुरेश रिजालले जानकारी दिनुभयो ।
वेवसाइट तथा मोबाइल एप्लिकेशनको उद्धघाटन पश्चात विद्यालयका प्रधानाध्यापक, शिक्षकहरुलाई वेवसाइटमा भएका विषेशताहरु र अपलोड गर्ने तरिकाहरुको विषयमा अभिमुखिकरण कार्यक्रम समेत गरिएको रिजालले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |