

धादिङ,०९ ज्येष्ठ।
धादिङको जिल्ला प्रशासन कार्यालयमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं ३ को आयोजना, नीलकण्ठ नगरपालिका, स्वास्थ्य कार्यालय र गैसस महासंघ धादिङको सहयोगमा प्रशासनमा आएका सेवाग्राहीहरुको लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
प्रशासन कार्यालयमा जिल्लाको बिभिन्न स्थानबाट सेवा लिन आउने सेवाग्राहीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरिएको नीलकण्ठ नगरपालिकाको स्वास्थ्यकर्मी लक्ष्मी नहर्कीले जानकारी दिनुभयो ।
शिविरमा ३ सय भन्दा बढि सेवाग्राहीहरुले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा सुगर, प्रेसर, पिसाव परिक्षण गर्नुका साथै स्वास्थ्य परामर्श दिईएको स्वास्थ्यकर्मी नहर्कीले बताउनुभयो ।
जेठ १ गतेदेखी जारी शिविरमा ३ हजार बढिको स्वास्थ्य परिक्षण गरिएको छ । वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय, कारागार र बिभिन्न टोलहरुमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो । शिविर भोलिसम्म सञ्चालन हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |