

धादिङ,३१ ज्येष्ठ ।
आज विश्व रक्तदाता दिवस, ‘नियमित रूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ धादिङ सहित देशैभर मनाइएको छ ।
दिवसकै अवसरमा धादिङबेशीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजना भएको रक्तदान कार्यक्रममा १७ जना महिला र ४९ जना पुरुष गरी ६६ जनाले रक्तदान गरेको नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारे सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्न हरेक वर्षको जुन १४ तारिखका दिन विश्व रक्तदाता दिवस मनाउने गरिन्छ ।
आजको दिनलाई रक्तदातालाई धन्यवाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ । रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष रगतको अभाव हुने गरेको छ। अहिले देशैभर नियमित रुपमा रक्तदानका कार्यक्रम हुन सकेको छैन ।
धादिङ जिल्लामा पनि रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, संघ संस्था सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि रगत संकलन गरीदैँ आएपनि केही समय यता रक्तदानका कार्यक्रम कम हुदै गएको छ ।यही कारण रगतको अभाव देखिने गरेको छ ।
पछिल्लो समय रक्तदाताको अभावमा सङ्घ संस्था तथा क्लबहरुले पनि कार्यक्रम गर्ने क्रम घटेको छ । आफूले रगत दान गरे पनि आफूलाई चाहिएको बेला रगत नपाउने समस्या लगायतका कारण कतिपय रक्तदाताले रगत दानलाई नियमित गर्ने गरेका छैनन् ।
रक्तदानका लागि सचेतनामूलक कार्यक्रम नहुँदा र रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष रगतको अभाव हुने गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |