

धादिङ,२२ असार।
नेपालमा डेङ्गीको सङ्क्रमण बढिरहेको छ । पानी परेसँगै डेङ्गीका बिरामी बढ्न थालेका हुन्।
डेङ्गी बढ्ने मौसम शुरु भएकाले क्रमशः बिरामी पनि बढिरहेको र पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले बताउनुभयो।
बर्खा सुरु भएयता धादिङमा पनि एक सयबढि डेङ्गीका बिरामी भेटिएका छन् । हिजो बिहिबार मात्रै ९ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । नीलकण्ठ नगरपालिकाका थप ७ जना र त्रिपुरासुन्दरीका २ जना गरी ९ जनामा संक्रमण भएको छ।
यो सँगै जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या २ हजार ७०७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये १ हजार ४४१ जना पुरुष र १ हजार २६६ महिला छन् ।संक्रमित हुने मध्ये नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै १ हजार ७३८ जना संक्रमित भएका छन् भने सबैभन्दा कम खनियाबास गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ।
गजुरीमा १२० र त्रिपुरासुन्दरीमा ८३, ज्वालामुखीमा १०४, धुनिबेशीमा ९४, गल्छीमा १३२, सिद्धलेकमा ९३, बेनिघाट रोराङमा १३९, गंगाजमुनामा ३५ थाक्रेमा १८, रुवीभ्यालीमा १७, नेत्रावती डवजोङमा १६ जनामा संक्रमण पुष्टि भएको छ।यो तथ्याङ्क चालु आर्थिक बर्षको २०७९ साउन १ देखी २०८० असार १६ गतेसम्मको हो।
बस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयष्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ । डेङ्गीले उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेपछि लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले डेङ्गी सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ ।
लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरिएको छ ।
यस्तै, मन्त्रालयले सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ।
सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेङ्गी देखिएको र डेङ्गीबाट ८८ जनाको ज्यान गइसकेको छ ।नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेङ्गी देखिएको थियो।
सन् २००५ मा भने डेङ्गीका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गीको सङ्क्रमण देखिँदै आएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |