

धादिङ,०७ श्रावण।
धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। पछिल्लो चौबिस घण्टामा मात्रै २९ जनामा संक्रमण पुष्टि भएको छ।
थप १५ जना पुरुष र १४ जना महिला गरी २९ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका २८ जना र गंगाजमुनाका १ जना रहेका छन्।
साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या १५९ पुगेको छ। जसमा पुरुष ८६, महिला ७३ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये १५० जना निलकण्ठका मात्रै छन् ।
डेंगीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने,आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रातो बिमिरा देखिने लगाएतका हुन्।
संक्रमणबाट बच्न विज्ञहरूले सुझाव दिएका छन् ।संक्रमण बढेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत गराएका छन् । घर वा कार्यालयमा डेंगु संक्रमण फैलाउने लामखुट्टेले फुल पार्न सक्ने ठाउँ नष्ट गर्ने तथा गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने गर्नुपर्छ ।
यो एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल संक्रमण नेपालमा विसं २०६१ मा पहिलो पटक देखापरेको थियो। त्यसयता क्रमशः बढ्दै गएको तथ्याङ्कले देखाउँछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |