

धादिङ,०९ श्रावण।
धादिङमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट ३ सय बढि पशुचौपाया मरेका छन्।
हालसम्म १० हजार ७२९ पशुचौपायामा सङ्क्रमण पुष्टि भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले बागमती कलमलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाको १३ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ ।हालसम्म १०५ गाई, २१ भैँसी, १२३ गोरु र ५० बाच्छाबाच्छी तथा पाडापाडी मरेका छन् ।त्यस्तै ५ हजार ५७२ गाई, ६४१ भैँसी, ३ हजार ८७२ गोरु र ६४४ बाच्छाबाच्छी तथा पाडापाडी सङ्क्रमित भएका छन् ।
लम्पी स्किन विशेषगरी गाई, गोरु, साना बाच्छाबाच्छीमा बढी देखापरेको डा. सिलवालले बताउनुभयो।उहाँको अनुसार झिँगा, भुसुना, लामखुट्टे र विभिन्न कीराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वरो आउने, फोका निस्कने, गाँठागुठी आउने, पशु वस्तुलाई कमजोर बनाउने लक्षण देखा पर्छन् ।
जैविक सुरक्षामा ध्यान दिएन भने यसले झन विकराल समस्या देखिन सक्ने उहाँको भनाइ छ । यो रोगको सङ्क्रमण फैलिन नदिन गोठवरपर सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउनु पर्ने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सिलवालको सुझाव छ ।
यो रोगबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।
उत्तरी धादिङको रुबीभ्यालीमा लम्पी स्किन रोग बाट मरेको गोरु तान्दै स्थानीय बासीहरु तस्विरमा।तस्विर:होराईजनखवर





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |