

धादिङ,१४ श्रावण।
धादिङमा गत आर्थिक वर्ष ०७९/०८० मा दुई हजार ९१५ पिन्ट रगत सङ्कलन गरिएको छ।
जिल्लामा २०७९ श्रावण १ देखी २०८० असार मसान्तसम्म जिल्लाका बिभिन्न ४४ सघसंस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट २ हजार ९१५ पिन्ट रगत सङ्कलन गरिएको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।
जिल्लाको बिभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा ७४९ जना महिला र २ हजार १६६ जना पुरुष गरी कुल २ हजार ९१५ स्वयमसेवी रक्तदाताले रक्तदान गर्नुभएको रेडक्रसका कोषाध्यक्ष श्रेष्ठले बागमती कलमलाई बताउनुभयो।
गत आर्थिक बर्षमा सबैभन्दा धेरै धादिङबेशीस्थित रेडक्रस सोसाईटी,युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजनामा भएको रक्तदान कार्यक्रममा १७३ जनाले रक्तदान गरेका छन् भने ज्वालामुखी गाउँपालिका–३ मैदी हटियास्थित मैदीकोटमा १४० जनाले रक्तदान गरेका छन् ।
यस्तै धादिङबेशीस्थित रक्त सञ्चार सेवा केन्द्र धादिङमा आकस्मिक रुपमा १५१ जनाले रक्तदान गरेका छन् ।
जिल्लामा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ।रगतको चरम अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, विद्यालयको बार्षिक उत्सव,सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको धादिङ रेडक्रसका कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
४४ सघसंस्थाको आयोजनामा एक बर्षमा भएको रक्तदानको विवरण :
-युवा रेडक्रस सर्कल,नीलकण्ठ बहुमुखी क्याम्पस नीलकण्ठ ३ -१७३पिन्ट
-नेपाल रेडक्रस सोसाइटी, मैदी उपशाखा धादिङ,ज्वालामुखी–२ -१४०पिन्ट
-युवा रेडक्रस सर्कल,आर्दश बहुमुखी क्याम्पस गजुरी गा.पा -१२०पिन्ट
-स्रोत परिचालन साकोस धादिङ,नीलकण्ठ ३ -११६पिन्ट
-जनकल्याण साकोस,बेनीघाट रोराङ -११५पिन्ट
-युवा रेडक्रस सर्कल, नीलकण्ठ माध्यामिक विद्यलय, नीलकण्ठ ३ -११४पिन्ट
-राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यसमिति धादिङ,नीलकण्ठ ३ – १०६पिन्ट
-युवा रेडक्रस सर्कल,चिल्डे«नपार्क माध्यामिक विद्यालय,नीलकण्ठ ४ -१०३पिन्ट
-नेपाल रेडक्रस सोसाइटी,गजुरी उप–शाखा धादिङ, गजुरी -१०१पिन्ट
-हाइवे बचत तथा ऋण सहकारी संस्था लि,थाक्रे गा पा -८९पिन्ट
-महालक्ष्मी विकास बैँक, धुनिबेशी नगरपालिका -८९पिन्ट
नेपाल रेडक्रस सोसाइटी, केवलपुर उप शाखा धादिङ, थाक्रे गा पा -७५पिन्ट
-नेत्रावती बचत तथा ऋण सहकारी संस्था लि, त्रिपुरा सुन्दरी ७ -७०पिन्ट
-चन्द्रोदय माध्यामिक विद्यालय, विशालटार -७०पिन्ट
-सहारा महिला साकोस धादिङ, नीलकण्ठ ३ -६३पिन्ट
-नेपाल रेडक्रस सोसाइटी, धुषा उप–शाखा, चरौँदी धादिङ -६२पिन्ट
-नेपाल तमु गुरुङ छोँ धी जिल्ला कार्यसमिति धादिङ, नीलकण्ठ ३ -६२पिन्ट
-हिमालयन बैँक लि। शाखा कार्यालय धादिङ, नीलकण्ठ ३ -६२पिन्ट
-धादिङ अस्पताल धादिङ, नीलकण्ठ ३ -५७पिन्ट
-राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति धादिङ, नीलकण्ठ ३ -५७पिन्ट
-लायन्स क्लब अफ काठमाडौ धादिङ, काठमाडौ -५६पिन्ट
-धादिङ बचत तथा ऋण सहकारी संस्था लि, नीलकण्ठ ३ -५५पिन्ट
-युवा नेपाल रेडक्रस सर्कल,भैरवी मावि, नीलकण्ठ ६ -५४पिन्ट
-नेपाल रेडक्रस सोसाइटी, केवलपुर उप–शाखा धादिङ, थाक्रे गा पा -५३पिन्ट
-हिमालय बचत तथा ऋण सहकारी संस्था लि, सल्यान्टार -५३पिन्ट
-लाङ्घाली बहुउद्धेश्यीय सहकारी संस्था लि धादिङ, नीलकण्ठ ३ -५२पिन्ट
-जिल्ला प्रहरी कार्यालय, नीलकण्ठ ३ -५२पिन्ट
-युवा रेडक्रस सर्कल, ब्लुमिङ बोर्डिङस्कुल,थाक्रे गा पा -५०पिन्ट
-लायन्स क्लब अफ सल्यान्टार, सल्यान्टार धादिङ -४६पिन्ट
-नेपाल प्रेस युनियन धादिङ, नीलकण्ठ ३ -४२पिन्ट
-युवा रेडक्रस सर्कल, रघु माध्यामिक विद्यालय, नीलकण्ठ ६ -३८पिन्ट
-नेपाल रेडक्रस सोसाइटी, नलाङ उप–शाखा धादिङ,सिद्धलेक -३८पिन्ट
-आइ सि डि सी नेपाल धादिङ, नीलकण्ठ ८ -३७पिन्ट
-कर्मचारी मिलन केन्द्र धादिङ, नीलकण्ठ ३ -३७पिन्ट
-सिटीजन लाइफ इन्स्योरेन्स लि धादिङ, नीलकण्ठ ३ -३६पिन्ट
-युवा रेडक्रस सर्कल,बालमन्दिर मावि, नीलकण्ठ ३ -३५पिन्ट
-हेड्स नेपाल केन्द्रिय कार्यालय, बनस्थली काठमाडौँ -३५पिन्ट
-शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्था लि धादिङ -३३पिन्ट
-युवा नेपाल रेडक्रस सर्कल,किरान्चोक मावि, गजुरी गा पा -३०पिन्ट
-आठौ धादिङ महोत्सव (उद्योग वाणिज्य संघ), नीलकण्ठ ३ -३०पिन्ट
-ग्रामीण यातायात सहकारी संस्था लि, नीलकण्ठ ३ -२५पिन्ट
-मलेखु टिचिङ हस्पिटल, मलेखु धादिङ -२१पिन्ट
-नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखा, नीलकण्ठ- ३ -१५पिन्ट
-नेपाल तामाङ घेदुङ धादिङ, नीलकण्ठ-३ -८पिन्ट
-आकस्मिक रक्तदान कार्यक्रम,नीलकण्ठ-३ -१५१पिन्ट





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |