

थाक्रे,२६ श्रावण।
धादिङको थाक्रे गाउपालिका वडा नं ९ र १० मा डेङ्गी रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम गरिएको छ।
शुक्रबार वडा नम्बर ९ र १० को संयुक्त आयोजनामा“लामखुट्टेको बासस्थान खोजी गरौं र नस्ट गरौं,डेङ्गी रोगबाट बचौं र बचाऔं“भन्ने मुल नाराका जनप्रतिनिधि,स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी र स्थानिय नागरिक लगायतको सहभागितामा सचेतना कार्यक्रम गरिएको थाक्रे ९ छाप चौतारा आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमि लक्ष्मी श्रेष्ठले जानकारी दिनु भयो ।
जिल्लामा पछिल्लो समय दिनानु दिन डेङ्गी सङ्क्रमण दर बढ्न थालेपछि बिभिन्न स्थानिय तहले रोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमहरु गरिरहेका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै धादिङका ८२ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लामा संक्रमित हुनेको संख्या १ हजार २९० पुगेको छ।जसमा पुरुष ६७४, महिला ६१६ जना छन्।
डेङ्गी लामखुट्टेबाट सर्ने रोग हो ।पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेको फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ ।
डेंगीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने,आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रातो बिमिरा देखिने लगाएतका हुन्।
स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गर्दै आएको छ ।
नेपालमा विसं २०६१ मा पहिलो पटक देखापरेको थियो। त्यसयता क्रमशः बढ्दै गएको तथ्याङ्कले देखाउँछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |