

धादिङ,३० साउन।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले भूमिका उल्लेख गर्न माग गरेका छन्।
महासंघले साेमबार विभिन्न माग सहित शिक्षा विकास समन्वय ईकाइ धादिङ मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बागमती प्रदेशका महासचिव श्याम मगरातीको नेतृत्वको टोलीले धादिङका शिक्षा विकास समन्वय ईकाइका निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठलाई ज्ञापन पत्र बुझाईएको हो।
मन्त्रिपरिषदमा विचाराधिन रहेको विद्यालय शिक्षा सम्बन्धी कानून संसोधन र एकिकरण गर्न बनेको विधेयक सरोकारवालाहरुसँग छलफल र परामर्श नगरि ल्याएको भन्दै ड्राफ्ट गरिएकाे ऐन त्रुटिपूर्ण रहेको निष्कर्ष सहित शिक्षा विकास समन्वय ईकाइमा ज्ञापन पत्र बुझाएको हो।
महासङ्ले समुदायको अगुवाईमा संचालन हुने विद्यालय सामुदायिक भएकोले संघीय ऐनमा सामुदायिक विद्यालय लेखिनु पर्ने, विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा अभिभावक हुनु पर्ने, अभिभावक भेलाबाट व्यवस्थापन समितिको चयन गरिनु पर्ने, विद्यालय व्यवस्थापन समितिको कार्यकाल पाँच वर्ष कायम गर्नु पर्ने, खुल्ला प्रतिष्पर्धाबाट प्रधानाध्यापक छनौट गर्दा व्यवस्थापन समितिको निर्णायक भूमिका रहनु पर्ने, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको भूमिकालाई संघीय शिक्षा ऐनमा उल्लेख गर्नु पर्ने लगाएतको माग राखेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |