

धादिङ,०१ भाद्र। सिद्धलेक गाउँपालिका वडा नं ४ स्थित सलाङघाटमा रहेको जलेश्वरी माविमा ३ दिने बृहत विज्ञान प्रदर्शनी मेला सम्पन्न भएको छ।
बिद्यालयको आयोजना तथा Bosc Educationको प्राबिधिक सहयोगमा भएको प्रर्दशनीमा ५५ भन्दा बढी विज्ञान सँग सम्बन्धीत स्टलहरु राखिएको थियो ।
प्रर्दशनीमा प्राबिधिक सहजकर्ताहरु भौतिक शास्त्री सुरेश अर्याल, इञ्जिनियर मनोज मगर,भूगर्भशास्त्रमा अध्ययनरत सुजाता सुवेदी,सृष्ठि श्रेष्ठ र Bosc Educationका विशाल मगरले सहजिकरण गर्नुभएको कार्यशालामा जलेश्वरी माविमा कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीसँगै छिमेकी विद्यालयका विद्यार्थीहरु सहभागि रहेको जलेश्वरी माविका शिक्षक सन्दिप थापामगरले जानकारी दिनुभयो।
उक्त मेलामा ड्रोन, मिनि रकेट, ज्वालामी विष्फोटन, सोडियम बक, स्काभेटर, झोलुङ्गेपुल, जलविद्युत, शरिका विभिन्न प्रणलीहरुको नमुना, विद्युतिय पंखा, सौर्य प्रणलीको ननमुना, विद्युत घण्टी, नमुना शहर, वायू उर्जा लगायत अन्य विद्युतिय उपकरण, जीव विज्ञान, रसायन शास्त्र, कृष्ट नमुनाका उपकरणहरु निमार्ण गरी प्रदर्शनीमा राखिएको शिक्षक थापाले बताउनुभयो।
हेर्नुहोस् तस्वीरहरु


























आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |