

धादिङ,११ भदौ।
पछिल्लो २४ घण्टामा धादिङमा ५१ जना डेङ्गीका बिरामी भेटिएका छन्।
२६ जना पुरुष र २५ जना महिला गरी थप ५१ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४० जना,ज्वालामुखीका ४ जना,सिद्धलेकका ३ जना,बेनिघाट रोराङका २ जना, गजुरीका १ जना र गंगाजमुनाका १ जना रहेका छन्।
साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ३५७ पुगेको छ।जसमा पुरुष १ हजार १५७ र महिला १ हजार २०० जना छन्। हालसम्मको कुल संक्रमितमध्ये २ हजार ६ जना निलकण्ठका मात्रै छन् ।
संक्रमणकै कारण धादिङमा एक जनाको मृत्यु समेत भईसकेको छ।
यसैगरी आज थप २ जनामा स्क्रब टाइफस संक्रमण भएको छ।संक्रमितहरुमा गल्छीका १ पुरुष र ज्वालामुखीकी १ महिला छिन्।
अहिलेसम्म संक्रमितत हुनेको संख्या ८५ पुगेको छ।संक्रमितहरुमा ३९ जना पुरुष र ४६ जना महिला छन् ।गत बर्ष २०७९/०८० मा जम्मा ४८ जनामा देखिएको स्क्रब टाइफस अहिले ४१ दिनको अवधीमा ८५ जना संक्रमित भईसकेका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |