

धादिङ,१६ भदौ।
पुस्तक तथा स्टेशनरी व्यवसायी संघ धादिङले जिल्लाका पुस्तक व्यवसायीहरुलाई फायर एक्स्टीङ्गगुईसर वितरण गरेको छ ।
शनिबार एक कार्यक्रमका बिच पुस्तक तथा स्टेशनरी व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष नारायण कुमार श्रेष्ठ, सल्लाहकार तुलसी प्रसाद अधिकारी र धादिङ जिल्ला अध्यक्ष श्रीकृष्ण प्रसाद रिमालले १८ जना व्यवसायीहरुलाई फायर एक्स्टीङ्गगुईसर वितरण गर्नुभएको हो ।
आगलागी रोकथाम,पूर्वतयारी तथा आगलागीबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न एक्स्टीङ्गगुईसर वितरण गरिएको पुस्तक तथा स्टेशनरी व्यवसायी संघ धादिङका सदस्य अनिश श्रेष्ठले बताउनुभयो।
के हो फायर एक्सटीङ्गगूईसर ?
आगलागीको सुरुवाती अवस्थामा आगोलाई नियन्त्रण गर्ने यन्त्र जसलाई अग्रेजीमा फायर एक्स्टीङ्गगुईसर (अग्नि समन यन्त्र) भनिन्छ । यो एक प्रकारको मेकानिकल यन्त्र हो ।
नेशनल फायर प्रोटेक्शन एसोशिएशन (एनएफपीए) को अन्तर्राष्ट्रिय मापदण्ड अनुसार यसको तौल १८ केजी भन्दा बढी हुनु हुँदैन । आगोको प्रकार भए जस्तै फायर एक्सटीङ्गगूईसर पनि फरक फरक प्रकारका हुन्छन् ।
सबै आगो एउटै फायर एक्सटीङ्गगूईसर निभ्दैनन् । भिन्न प्रकारको आगो निभाउन भिन्न प्रकारको फायर एक्सटीङ्गगूईसरको आवश्यकता पर्दछ । नेपाली बजारमा सबै खाले फायर एक्सटीङ्गगूईसरको सहज उपलब्धता छैन ।
फायर एक्सटीङ्गगूईसर स्टोर्ड प्रेसर र कार्टेज टाईप दुई किसिमबाट चल्ने गर्दछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |