

धादिङ,१९ भदौ ।
सिद्धलेक गाउँपालिका–३ को सलाङ मैदानमा रहेको पञ्चमुखी माध्यमिक विद्यालयका बिद्यार्थीहरुले गाउँपालिका कार्यालय घेराउ गरेका छन्।
बिद्यालयमा मावि तहको गणित बिषयको पढाई ठप्प भएपछी गणित शिक्षक खोज्दै नाराजुलुस सहित मंगलबार बिधार्थीहरुले गाउँपालिका कार्यालय घेराउ गरेका हुन्।
बिद्यालय पोशाकमा हातमा प्लेकार्ड बोकेर आएका बिद्यार्थीहरुले धर्ना दिंदै ‘गणित विषय शिक्षक व्यवस्थापन गर’, ‘हाम्रो माग पुरा गर,‘समुदायको सम्पति दरबन्दी अन्यत्र लान पाईदैन’, ‘शिक्षा क्षेत्रमा राजनैतिक हस्तक्षेप बन्द गर’, ‘शिक्षा प्राप्त गर्ने अधिकारबाट बञ्चित गर्न पाईदैन’ लगाएतका नारा लगाएका थिए ।
सिद्धलेक गाउँपालिकाले उक्त बिद्यालयमा राहत कोटाबाट माध्यमिक तहको गणित बिषय शिक्षक पदमा कार्यरत रमेश नेपाललाई गत साउन २६ गते दरवन्दी सहित सिद्धेश्वर माविमा सरुवा गरिदिएपछि बिद्यालयमा मावि तहको गणित बिषयको पढाई ठप्प हुन पुगेको बिद्यार्थीहरुले बताएका छन्।
विद्यालयमा तत्काल गणित शिक्षकको माग गर्दै विद्यार्थीहरूले भदौ १२ गते ३ नम्बर वडा कार्यालयमा र १४ गते बिद्यालयमा ताला लगाएर दवाव दिएपनि आंफुहरुको मागको सुनुवाई नभएको बिद्यार्थीहरुको भनाई छ।शिक्षक व्यवस्थापनका लागि पटक–पटक माग गरे पनि गाउँपालिकाले बेवास्ता गरेपछि बिद्यार्थीहरु आन्दोलित हुनु परेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीप्रसाद इटनीले वताउनुभयो।
पठनपाठन ठप्प हुदाँ बालबालिकाहरुको शिक्षा प्राप्त गर्ने अधिकार हनन भएको उहाँले बताउनुभयो । सिद्धलेक गाउँपालिकाले पालिकाको शिक्षा समितिको सिफारिसका आधार देखाएर साउन २६ गते १३ जना शिक्षकहरुको सरुवा गरेको थियो।
शिक्षक सरुवा प्रचलित शिक्षा ऐन, नियमावली र विधि विपरित भएको भन्दै सरुवालाई बैज्ञानिक र विवादरहित वनाउन, पूर्वाग्रह तथा राजनैतिक प्रतिशोधका आधारमा कसैलाई सरुवा नगर्न माग गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्धलेक गाउँ समितिले गाउँपालिकामा ध्यानाकर्षण पत्र समेत बुझाएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |